क्रिकेटबाट स्टोक्सको अनिश्चित विश्राम

लण्डन । इंग्ल्यान्डका सुपरस्टार अलराउन्डर बेन स्टोक्सले सबै क्रिकेटबाट अनिश्चित समयको लागि विश्राम लिने निर्णय गरेका छन् । स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन र चोट लागेको देब्रे हातको औंलालाई आराम दिन अनिश्चित समयलाई विश्राम लिएको इंग्ल्यान्ड क्रिकेट बोर्ड(ईसिबी) जनाएको छ । योसँगै भारतविरुद्ध पाँच टेस्ट सिरिज पनि गुमाउने भएका छन् । ईसिबीले स्टोक्सको निर्णयलाई पूर्ण रुपमा समर्थन गर्ने र खेलबाट टाढा रहँदा पनि निरन्तर सहयोग गर्ने जनाएको छ । ‘बेनले आफ्नो भावना र भलाई खुल्नको लागि ठूलो साहस देखाएका छन् । हाम्रो सबै मानिसहरुको मानसिक स्वास्थ्य र कल्याणको लागि हामी सधैं प्राथमिकतामा राख्ने छौं’, ईसिबीका प्रबन्ध निर्देशक एशले जाईल्सले भनेका छन् ।

स्टोक्सले विशेष गरेर यो समय परिवारसँग बिताउन चाहेका छन् । स्टोक्सको कप्तानीमा इंग्ल्यान्डको दोस्रो रोजाईको टोलीले पाकिस्तानसँगको तीन खेलको ओडिआई सिरिजमा क्लिनस्विप गरेको थियो । पाकिस्तानसँगको टि२० आई सिरिज भने खेलेका थिएनन् । स्टोक्स पछिल्लो समय औंलाको चोटको कारण संघर्ष गर्दै आएका छन् । स्टोक्स आगमी अक्टोबर नोभेम्बरमा हुने टि२० विश्वकपको समयमा फर्कने अनुमान गरिएको छ ।

भारत र इंग्ल्यान्डबीचको पाँच टेस्ट सिरिजको पहिलो खेल चार अगष्टमा सुरु हुने छ । इंग्ल्यान्डले स्टोक्सको स्थानमा तीव्र गतिका बलर क्रेग ओभरटनलाई स्थान दिएको छ । ओभरटन तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१÷२३ अन्तर्गत पहिलो सिरिज खेल्न लागेका दुवै टोली सानदार सुरुवात गर्न चाहन्छन् ।

प्रतिक्रिया