कोरोना रोकथामकालागि प्रहरी र रेडक्रसद्वारा मास्क वितरण

पाँचथर । नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी पाँचथरले कोरोना रोकथामका लागि मास्क र सेनिटाइजर वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी र सामुदाय प्रहरी साँझेदारी पाँचथरको संयोजनमा मास्क बितरण गरिएको हो । उनीहरुले फिदिम नगर गणतन्त्रचोकमा भेला भ्एर सर्वसाधारणलाइ मास्क बाड्दै स्वास्थ्य मापदण्ड अपनाउन र पालना गर्न सचेतनामुलक सन्देश दिएका थिए । कोरोना बढेकोले रेडक्रस र सामुदाय प्रहरी साँझेदारीले यो अभियान सञ्चालन गरेको प्रहरी निरक्षिक डम्बरबहादुर विश्वकर्माले जनाए ।

रेडक्रस केन्द्रिय कार्यालयबाट आएको एक हजार मास्क र दूई सय सेनिटाइजरलाई बजार र रेडक्रसका उप–शाखाहरुमा बितरण गरीने रेडक्रस महिला उपसमितिकी सदस्य रमा चापागाइले जानकारी दिइन । रेडक्रस सोसाइटीले जिल्लाका ११ र १२ कक्षा केन्द्रमा रेडक्रस उपशाखामार्फत उक्त सामाग्री बितरण हुने रेडक्रस अधिकृत गुरुराज तिम्सिनाले जनाए । कोरोना रोकथाम र अन्य बिषयमा सामुदाय प्रहरी साँझेदारीले सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको प्रहरी निरक्षिक विश्वकर्माले जनाए । कोरोना रोकथाम र सचेतना अभियानमा सिडिओ, प्रहरी प्रमुख, उद्योगबाणिज्य संघका अध्यक्ष, रेडक्रस सभापति, जिल्ला ट्राफिक, प्रहरीहरु, आयोजक समिति सदस्य लगायतको उपस्थितिरहेको थियो ।

जिल्लामा निसेध्याज्ञा जारी गरीए पनि बिहान ५ बेजेदेखि दिनको एक बजे सम्म पसल लगायत वितिय कार्यालयहरु खोलेकोले भिड बढेको हो । एक बजे पछि प्रहरीको साइरन बजे पछि व्यापारीहरुले पसल बन्द गर्ने गरेका छन । खुल्ला पसलहरु ससस्त्र पहरीहरुले बन्द गर्न अनुरोध गर्दै गरेको देख्न पाइन्छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ । जिल्लामा रोना संक्रमण भएकामध्ये दुइ हजार चार सय ३८ जना निको भएका छन । अन्य संक्रमितहरु उपचारको क्रममा छन ।

प्रतिक्रिया