रोयल इन्फिल्डको क्रुजर सेगमेन्ट बजारमा

काठमाडौं । रोयल इन्फिल्ड बाइकको आधिकारीक विक्रेता एमभी दुगड समुह अन्तर्गत विवेक अटोमोवाइल्सले क्रुजर सेगमेन्टको नयाँ मोडल ‘मेटोर ३५०’ सार्वजनिक गरेको छ । तीन सय ५० सिसि इन्जिन क्षमता भएको यो बाइक अन्तर्गत फायर बल, स्टेलर, सुपर नोभा लगायत तीनवटा भरियन्ट रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो नेपाली बजारमा यो बाइकको सुरुवाती बजार मूल्य छ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

क्रुजर सिरीजको बाइकमा जे–सिरीजको एयर आयल कुल्ड ‘एसएचसी इन्जिन’ जडान गरिएको छ । इन्धनको क्षमता प्रभावकारीतालाई मध्यनजर गर्दै बाइकमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन (इएफआइ) समावेश गरिएको कम्पनीले जनाएको छ । डुअल च्यानल एबिएस समावेश गरिएको बाइकमा टर्न टु टर्न नेभिगेशन प्रणाली जडान गरिएको छ । कम्पनीका अनुसार गुगलसँगको झेदारीमा जडान गरिएको यो प्रणाली ट्रिपर पोड र मोबाइल फोन चार्ज गर्नका लागि युएसबी चार्जिङ पोर्टमा पनि समावेश गरिएको छ ।

बिएस–६ संस्करण अन्तर्गत क्रुजर सिरीजको यो बाइकबाट निस्कने कम्पन न्यूनिकरण गर्नका लागि कम्पनीले ब्यालेन्स साफ्ट जडान गरिएको जनाएको छ । नयाँ पुस्ता लक्षित गर्दै भित्रयाइएको यो बाइक युवादेखि वृद्ध वर्गका लागि उपयोगी रहेको कम्पनीको दाबी छ । कम्पनीले आफ्नो १९ वटै आधिकारीक शाखा तथा डिलरबाट यो बाइकको विक्री सुरु गर्ने योजना रहेको जनाएको छ । कम्पनीका अनुसार मेटोर फायर बल, स्टेलर र सुपरनोभा लगायत तीन भेरियन्टको बाइक क्रमशः दुई, तीन र दुई रङमा उपलब्ध छ । कम्पनीका अनुसार मेटोर ३ सय ५० अन्तर्गत फायर बल, स्टेलर, सुपरनोभा लगायत तीन भेरियन्टको आधिकारीक बजार मूल्य क्रमशः ६ लाख, ६ लाख १७ हजार र ६ लाख ४५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया