आईपिओ निष्कासन गर्दै श्वेत गंगा हाईड्रोपावर

काठमाडौं । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्सट्रक्सन कम्पनीले प्राथमिक साधारण सेयर (आईपिओ) निष्कासन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ । सभा साउन २८ गते विहिबार दिउसो १ बजे अकामा होटल धुम्बाराहीमा सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आईपिओ जारी गर्ने सम्बन्धी प्रस्तावका साथै आईपिओ निष्काशनबाट प्राप्त रकम उपयोग सम्बन्धी वित्तिय योजना र रणनिती, परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको सेयर सम्बन्धमा छलफल गरि पारित गर्ने कम्पनीले जनाएको छ ।

साथै आईपिओ निष्काशनका सम्बन्धमा नियमनकारी निकायबाट प्राप्त र्निदेशन बमोजिमका कार्य गर्न गराउन सञ्चालक समितीलाई अख्तियारी दिने सम्बन्धी प्रस्तावहरु मथि छलफल गरी पारित गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया