टोकियो ओलम्पकमा नेपाली पौडीबाज गौरिकाले प्रतिस्पर्धा गर्दै आज

काठमाडाैं । टोकियो ओलम्पिक अन्तर्गत महिला १०० मिटर फ्रिस्टाइलमा नेपाली पौडीबाज गौरिका सिंह बुधबार(आज) प्रतिस्पर्धा गर्दैछिन् । खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे टोकियो एक्वेटिक सेन्टरमा हुनेछ । यो स्पर्धामा हिट १ मा गौरिकी परेकी छिन् । यो हिटमा उनीसहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी छन् ।

५२ खेलाडी सहभागी हिट चरणबाट उत्कृष्ट समय निकाल्ने १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छन् । १३ ‌औँ दक्षिण एसियाली खेलकुद(साग) मा उनले नेपालका लागि स्वर्ण पदक जितेकी थिइन् ।

प्रतिक्रिया