पुँजी बजारमा हल्लाको खेती

नरेन्द्रमान श्रेष्ठ

डा. युबराज खतिवडा अर्थमन्त्री भएको बेला सेयर बजारलाई अनुत्पादक क्षेत्र भनिएको थियो भने डा.बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि उनले सेयर बजारलाइ जुवाको संज्ञा दिएका थिए । त्यसबेला सेयर बजारमा पहिरो नै गएको थियो । डा.खतिवडालाई लगानीकर्ताहरूले त्यति मन पराउँदैनथे ।

सेयर बजारमा विभिन्न हल्लाहरूले प्रभाव पार्ने गरेका हुन्छन् । कहिले बैंकहरूको मर्जर हुने हल्लाले, कहिले सरकार परिवर्तनको हल्लाले, कहिले अर्थमन्त्री परिवर्तनको हल्लाले, कहिले नेप्से घट्ने बढ्ने हल्लाले सेयर कारोवारमा प्रभाव परिरहेको हुन्छ । कतिपय अवस्थामा सेयर बजारका लगानीकर्ता विश्लेषक भन्नेहरूले सेयर बजारलाइ आफ्नो अनुकूल पार्नका लागि फैलाउने हल्लाले ठूलो प्रभाव पार्छ । पछिल्लो समयमा त बैंकहरूबीच मर्जरको र एक्वाएरको हल्लाले गर्दा सेयरको मूल्यमा प्रभाव पर्ने गरेको छ । नेपाली लगानीकर्ताहरू सेयर बजारमा चल्ने गरेका हल्लाहरूबाट छिटै प्रभावित हुने गरेका छन् । हुन त संसार नै हल्लाले हल्लाउँछ भनेर पनि भन्ने गरिएको छ । सायद यही कारणले होला बेलाबेलामा सेयर बजारमा पनि विभिन्न हल्लाहरू हुने गरेका छन् । सामाजिक संजालहरूमा केही अनलाइन मिडियाहरूबाट आपूmलाइ सेयर बजारका विश्लेषक भन्ने ज्योतिषीहरूले सेयर बजारलाई हल्लाइरहने गरेका छन् । केही सेयर बजारका विश्लेषक भन्नेहरूले नेप्से यति बढ्छ, नेप्से यति घट्छ भनेर भविष्यवाणी गर्ने गरेका छन् । कतिपय लगानीकर्ताहरू यस्तो भविष्यवाणीको प्रभावमा पर्ने पनि गरेका छन् । कतिपय सरोकारवालाहरू सेयर बजारका विश्लेषक भन्नेहरूले सेयर बजारको बारेमा नेप्सेको घटबढको बारेमा भविष्यवाणी गर्न नहुने बताउँछन् । नेप्से घट्ने, बढ्ने भनेको सेयर बजारको बिउटिनेस नै हो । नेप्से भनेको सधँै बढ्ने मात्र, सधँै घट्ने मात्र भई रहँदैन । सेयर बजारलाई आफ्नै लयमा चल्न दिनुपर्छ ।

लगानीकर्ताहरू मात्रै होइन नियामक निकायहरू समेत यही हल्लाको प्रभावमा पर्ने गरेका छन् । मन्त्री हुनेहरूले समेत सेयर बजारबारे लगानीकर्ताहरूमा भ्रम पार्ने अभिव्यक्तिहरू दिने गरेका छन् । आपूmलाई सेयर बजारका खेलाडी ठान्ने लगानीकर्ताहरूले सेयर बजारलाई अर्ध जुवा भनेर पनि भन्ने गरेका छन् । अर्थमन्त्री भएकाहरूले पनि बेलाबेलामा विवादास्पद अभिव्यक्ति दिने गरेका छन् । डा. युवराज खतिवडा अर्थमन्त्री भएको बेला सेयर बजारलाई अनुत्पादक क्षेत्र भनिएको थियो भने डा.बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि उनले सेयर बजारलाई जुवाको संज्ञा दिएका थिए । त्यसबेला सेयर बजारमा पहिरो नै गएको थियो । डा. खतिवडालाई लगानीकर्ताहरूले त्यति मन पराउँदैनथे । पछिल्लो समयमा पनि सेबोनका अध्यक्ष भीष्मराज ढुंगानाले १० कित्ते नीतिले सेयर बजारको प्राथमिक बजारमा विकृति ल्याएको र यसलाई पुनरावलोकन गर्नुपर्छ भनेका थिए । यसले पनि सेयर बजारका लगानीकर्ताहरूमा भ्रम सिर्जना गरेको थियो । के १० कित्ते नीतिले सेयर बजारको प्राथमिक बजारमा विकृति ल्याएकै हो त ? के सेयर बजार अनुत्पादक क्षेत्र हो त ? के सेयर बजार अर्ध जुवा, जुवा नै हो त ? यस्ता भ्रमपूर्ण अभिव्यक्ति गर्दा पनि सेयर बजारमा प्रभाव पर्ने गरेको छ । यसबाट लगानीकर्ताहरूमा अन्योलता बढ्ने गरेको छ । सेयर बजारमा चल्ने गरेको हल्लाको पछि लागेर कतिपय लगानीकर्ताहरूले नोक्सानी बेहोर्न परेको छ । केही सीमित लगानीकर्ताहरूले हल्लाको खेती गरेर लाभ पनि लिने गरेका छन् । सामान्यतया सेयर बजार भनेको पब्लिक लिमिटेड कम्पनीहरूलाई पुँजीको जोहो गरिदिने माध्यम हो ।

सेयर बजारलाई हल्लाले प्रभाव पारेजस्तै राजनीतिले पनि प्रभाव पार्ने गरेको छ । देशमा राजनीतिक खिचातानी, राजनीतिक उथलपुथलले पनि सेयर बजारमा प्रभाव पार्ने गरेको छ । सरकारसँगै अर्थमन्त्रीको बारम्बार परिवर्तनले पनि सेयर बजारमा प्रभाव पार्ने गरेको छ । विगतको अस्थिर सरकारको गतिविधिले पनि देखाइसकेको छ । सरकारको स्थायीत्व र देशमा शान्ति सुव्यवस्थाले पनि देशमा लगानीको बातावरण बन्ने गर्छ नै तर पनि सेयर बजारमा लगानी गर्ने भनेको सरकारको स्थिति हेरेर गर्ने भन्ने पक्कै होइन । सेयर बजारमा लगानी गर्ने भनेको आपूmले लगानी गर्ने कम्पनीहरूको पर्फमेन्सलाई हेरेर गर्ने हो । तैपनि पछिल्लो समयमा भने निषेधाज्ञा भए पनि, सरकार परिवर्तन भए पनि, राजनीतिक खिचातानी भए पनि, सेयर बजारमा भने त्यति असर गरेको देखिएन । निषेधाज्ञाको समयमा पनि सेयर बजारमा चमक देखिएको थियो । सेयरबजारमा तहल्का मच्चिएको देखियो । यो सेयर बजारका लागि सकारात्मक हो ।

के त अब सेयर बजारका लगानीकर्ताहरू परिपक्क भएका हुन त ? तैपनि कतिपय लगानीकर्ताहरूको मनोविज्ञानलाई नियाल्दा बजारमा हुने उतारचढावलाई हेरेर लगानी गर्ने गरेको देखिन्छ । त्यसो त कतिपय लगानीकर्ताहरू चाँडै नै हल्लाको प्रभावमा पर्ने हुनाले केही ठूलाबडा व्यापारीहरूले सेयर बजारमा हल्लाको खेती गरेर चलखेल गर्ने गरेको पाइएको छ । केही समय अघि विभिन्न बैंकहरूको नबिल बैंकसँग मर्ज हुने हल्ला चलाएर सेयरको मूल्यमा तलमाथि पारिएको देखियो । यसमा केही अनलाइन मिडियाहरूले पनि सत्यतथ्यको जानकारी नै नलिई हल्लाको भरमा समाचारहरू सम्प्रेषण गरेको र कतिपयले सामाजिक संजालहरूमा पोस्ट गरेको पनि पाइयो । कसैकसैले हल्लामा पनि लाभ लिने गरेका हुुन्छन् भने अधिकांश लगानीकर्ताहरू भने फस्ने गरेका छन् ।

लगानीकर्ताहरूले सेयर बजारको बोरमा जानकारी लिन जरुरी छ । आपूmले लगानी गर्ने कम्पनीहरूको बारेमा जानकारी लिन, कम्पनीको आर्थिक सूचकहरूको कार्यशीलता बुझ्न, कम्पनीको प्रतिवेदन, प्रतिसेयर आम्दानी, रिजर्भ, पिइ रेसियो आदिको अध्ययन गर्न जरुरी छ । रिजर्भ राम्रो भएको, प्रतिसेयर आम्दानी बढी भएको, पिइ रेसियो कम भएको कम्पनीले नियमित रूपमा लाभांश दिने भएकाले यस्ता कम्पनीको सेयरमा लगानी गर्दा राम्रो हुने जानकारहरू बताउँछन् । सेयर बजारमा सर्ट टर्म मिड टर्म र लङ टर्म लगानीकर्ता रहेका हुन्छन् । सर्ट टर्मका लगानीकर्ताहरूले छोटो अवधिमा नै लाभ लिनको लागि बढेको कम्पनीको सेयरमा लगानी गर्ने गर्छन् । कतिपय लगानीकर्ताहरू सेयर बढेको बेला बजारमा इन्भेस्ट गर्छन् । कतिपय लगानीकर्ताहरू भने घटेको बेला सेयर खरिद गरेर बढेको समयमा बिक्री गर्ने गर्छन । त्यसैगरी कतिपय लगानीकर्ताहरू प्राथमिक बजारमा लगानी गरी बढेको बेला सेयर बेच्ने पनि गर्छन् । दोस्रो बजारका लगानीकर्ताहरूमा जोखिम हुने गर्छ भने प्राथमिक बजारमा जोखिम कम हुन्छ । यस कारणले पनि नवप्रवेसी लगानीकर्ताहरूले प्राथमिक बजारमा लगानी गर्ने गर्छन् । चाहे प्राथमिक बजारका लगानीकर्ताहरू हुन वा दोस्रो बजारका, लगानीकर्ताहरूले हल्लाको पछि नलागी अरूको देखासिकी नगरी सेयर बजारसम्बन्धी जानकारी लिई आपूm सजग सचेत भइ सेयर बजारमा लगानी गर्नुपर्दछ ।

प्रतिक्रिया