एनआईसी एशिया बैंक २४औं वर्षमा

काठमाडौं । एनआईसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । ७ साउन २०५४ बाट स्थापना भई कारोबार शुरु गरेको बैंक बिहीबारबाट २४ वर्षमा प्रवेश गरेको हो । २४ वर्षसम्मको अवधिमा बैंकले देशकै सबैभन्दा बढी शाखा विस्तार गरी ग्राहकलाई सेवा दिन सफल भएको छ । बैंकले हाल ३ सय ५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिग सेवा तथा ४ सय ७१ एटिएम मार्फत आफ्ना २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाता मार्फत ग्राहकलाई गुणस्तरिय सेवा प्रवाह गर्दै आइरहेको छ ।

बैंकले कोभिड १९ बाट सृजित असहज परिस्थितिमा समेत बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जातर्फ ८९ अर्ब ४१ करोड तथा निक्षेपतर्फ ८८ अर्ब ९६ करोडले वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा समग्र बैंकिग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२ दशमलब ६६ प्रतिशत तथा १३ दशमलव ५८ प्रतिशत बजार हिस्सा हासिल गर्न बैंक सफल भएको छ ।

२४औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएका छ । जस अन्तर्गत यस बैंकको डेबिट,क्रेडिट कार्ड प्रयोग गरी पीओएस तथा ई कमर्शमा भुक्तानी गर्दा तथा एनआईसी एशिया मोबैंक मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने बैकले जनाएको छ । यो सुविधा साउन ७ बाट एनआईसी एशिया मोवाइल बैंकबाट कारोबार गर्ने पहिलो एक हजार ग्राहकले पाउन सक्नेछन् ।

बैंकले आर्थिक वर्ष २०७८÷७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिएको छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्थाको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाको उपस्थीति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पु¥याएको पनि बताएको छ ।

प्रतिक्रिया