भीम रावललाई भेट्न पुगे माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पार्टी नेता भीम रावललाई भेट्न रावलको निजी निवास टोखा पुगेका छन् । रावल बुधबारको नेपाल पक्षीय स्थायी कमिटी बैठकमा अनुपस्थित भएका थिए । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अगाडि रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा घोषणा गरेका थिए।

रावलले बुझाएको राजीनामाको पत्र अहिले संघीय संसद सचिवालयमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ । बुधबारको स्थायी कमिटी बैठकमा नेपाल पक्षीय नेताहरुले रावलको राजीनामा रोक्नुपर्ने धारणा राखेका थिए। राजीनामा फिर्ताका लागि अरु नेताहरुले कुरा गर्दा नमानेपछि नेपाल नै रावलको निजी निवास टोखा पुगेका हुन् ।

प्रतिक्रिया