संक्रमण घटेसँगै छहरा झर्नामा आन्तरिक पर्यटक

जिल्लाको अर्को प्रमुख पर्यटकीयस्थल जोरायल गाउँपालिका–२ बुडर बजार नजिक रहेको छहरा झर्नामा पर्यटकको घुँइचो । देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटक बढ्न थालेका हुन् । साथै पछिल्लो हप्तामा छिमेकी मुलुक भारतबाट पनि परिया, गौरीफान्टा, टनकपुर, बनाबासालगायतका क्षेत्रबाट पर्यटकहरु आउन थालेका छन् ।

तस्वीर : विमलबहादुर विष्ट, रासस

प्रतिक्रिया