विश्व

भारतको मन्त्रीपरिषद बैठक भौतिक रुपमा एक वर्षपछि

सौर्य अनलाइन २०७८ असार ३० गते १७:०२ मा प्रकाशित

नयाँ दिल्ली । भारतको मन्त्रीपरिषद्को बैठक एक वर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोना भाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ ।

मन्त्रीपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसाल्नु भएको हो । बैठकमा विषेश गरेर आगामी संसद अधिवेशनका बारेमा छलफल भएको श्रोतले जनाएको छ ।

भारतको संघीय संसदको बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भइ अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ । प्रधानमन्त्री मोदीले बैठकमा कोरोना भाइरसको महामारी न्युनिकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल चलाउनु भएको जनाइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय