खोजखबर

भिरबाट लडेर युवकको मृत्यु

सौर्य अनलाइन २०७८ असार ११ गते १३:०७ मा प्रकाशित

डोटी । जिल्लाको जोरायल गाउँपालिका–१ घण्टेश्वर सामुदायिक वनको खाली भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिकेदार गाउँपालिका–१ का अन्दाजी १८ वर्षीय दीपकबहादुर विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बिहीबार आफ्नी दिदीको घर जोरायल–१ झुरकाणा आएका विक आज बिहान स्थानीय गोगनपानी बजारबाट खाद्यान्न किनेर दिदीको घर फर्किने बेला चिप्लिएर घण्टेश्वर सामुदायिक वनको ‘खाली’ भन्ने भिरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय