गीतमा परदेशीको कथा

काठमाडौं । अमेरिकामा बसोबास गरिरहेका नेपाली मुलका प्रा.कैलाश घिमिरेले लेखेको गीत ‘पसिनाले अरब भिझ्दा’ सार्वजनिक भएको छ । गायक निशान भट्टराईले स्वर भरेको गीतमा वसन्त सापकोटाको संगीत छ । गीतमा परदेशमा काम गर्ने छोरालाई गाउँघरको सम्झना आउने सम्झनालाई गीतमा प्रस्तुत गरिएको छ । बाध्यताले मरूभूमिमा पसिना बगाउनु परेको तर गाउँमा बारी बाँझै रहेको विषय समेत गीतमा आएको छ । साथै बाबुआमाले बुढेसकालमा दुःख पाएको आमनेपालीको समस्या गीतमा आएको छ । घिमिरेले यसअघि २०७७ कात्तिकमा ‘पुतली’ गीत सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया