चिसाप गीताश्री पुरस्कार स्थापित

चितवन । साहित्यमा योगदान दिने स्रष्टालाई सममान गर्ने हेतुले पुरस्कारको स्थापना गरिएको छ । चितवन साहित्य परिषद्का पूर्वाध्यक्ष श्रीभक्तअच्युत र उनकी श्रीमती गीता वाग्लेले ‘चिसाप गीताश्री साहित्य पुरस्कार’ स्थापना गरेका हुन् । उनीहरुले पुरस्कारका लागि पाँच लाख दुई हजार ४५ को चेक हस्तान्तरण गरेको परिषद्ले जनाएको छ । विसं २०४५ सालमा स्थापित परिषद्ले चितवनमा निरन्तर रुपमा विविध साहित्यिक गतिविधि तथा स्रष्टा सम्मान एवं पुरस्कृत गर्दै आएको छ । श्रीभक्तका अनुसार सो रकमले हरेक वर्ष प्रकाशित उत्कृष्ट कृतिलाई ३५ हजार ४५ नगदसहित पुरस्कृत गरिने छ । श्रीभक्तकै संयोजकत्वमा परिषद्को आफ्नै भवन पनि निर्माण गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य गीता वाग्लेले साहित्यकारलाई थप ऊर्जा प्रदान गर्न पुरस्कारको राशि हस्तान्तरण गरिएको बताइन् । परिषद्का अध्यक्ष सुरेन्द्रप्रसाद अस्तफलले देशभरबाट एक वर्षमा प्रकाशित साहित्यिक पुस्तकमध्ये उत्कृष्टलाई पुरस्कार प्रदान गरिने जानकारी दिए ।

प्रतिक्रिया