एडीए र आउटरिच वीच सहकार्य

काठमाडौं । एडिएले आउटरिच नेपालसँग साझेदारी गर्दै नेपालमा अन्तर्राष्ट्रिय र स्थानीय दुवै ब्राण्डहरू लक्षित डाटा ड्रिभन मार्केटिङ प्रवद्र्धन अभ्यासको थालनी गर्ने भएको छ । दक्षिण र दक्षिण पूर्वी एसियामा पहिलेदेखि नै प्रभावकारी रूपमा सञ्चालित एडिए एक डाटा ड्रिभन इन्टिग्रेटेड डिजिटल मार्केटिङ सोलुसन प्रोभाइडर संस्था हो । जसले विभिन्न प्रकारका ब्रान्डहरूका लागि बृहत्तर डिजिटल प्रचार अभियानको डिजाइन एवं कार्यान्वयन गर्ने गर्छ । एडिएले आफ्नो डाटा ड्रिभन एप्रोचको साथ ३७५ मिलियन ग्राहकहरूलाई उनीहरूको डिजिटल विज्ञता प्रदान गर्दै आइरहेको छ ।

आउटरिच नेपाल, नेपालमा सर्वाधिक पुरस्कृत विज्ञापन एजेन्सी हो । यो एजेन्सीले सन् २००३ देखि विभिन्न ब्रान्डहरूका लागि सिर्जनात्मक विज्ञापन अभियानमा काम गर्दै आएको छ । आउटरिचले क्याम्पेन साउथ एसिया इन्डेम्पेन्डेन्ट एजेन्सी अफ दी इयरको अन्तिम चरणमा तीन पटकसम्म मनोनयनमा परेको थियो र सन् २०१६ मा नेपालका लागि एकमात्र विजेता बन्न सफल भएको थियो । यसका साथै धेरै अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि विभिन्न पुरस्कारहरू जित्दै आएको छ ।

यो साझेदारीले गरेर आउटरिचले बिजनेस इन्साइट, डाटा इन्रििचमेन्ट र एडभान्स एनलाइटिक्सको प्रयोगले उपभोक्ताहरूको मानसिकता बुझ्न र डिजाइन डाटा (ड्रिभन क्रिएटिभ मार्केटिङ स्ट्राटेजिज तय गर्न मद्दत पुग्ने बताइएको छ । साझेदारीका सम्बन्धमा एडिए बंगलादेशका प्रबन्ध निर्देशक असरफउल हकले भने, ‘मलाई विश्वास छ आउटरिचसँगको यो सहकार्यले युनिक डाटा र एनलाइटिक्स ड्रिभन सोलुसन प्रदान गर्नमा मदत पु¥याउनेछ । यसले संगठनको रूपमा हाम्रो क्षितिजलाई फराकिलो बनाउँदै डाटा बेस्ड बिजनेस सोलुसनको आधार खडा गर्ने छ ।’

प्रतिक्रिया