भन्सार छली गर्ने विरुद्ध मुद्दा

काठमाडौं । भन्सार चोरी पैठारी गरी १८ करोड ६५ लाख २ हजार ७ सय ६ रुपैयाँ राजश्व चुहावट गर्ने २ जना विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दर्ता गरेको छ । राजश्व चुहावट गरेको बिगो असुल गरी जरिवाना र कैद माग दाबीसहित उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दर्ता गरिएको विभागले जनाएको हो ।

भातरतको रक्सौल स्थायी ठेगाना भएका वीरगञ्ज महानगरपालिका ५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा बसोवास गर्ने निवेदिका सिन्हा र उनका बुबा अशोककुमार सिन्हाले २२ केजीे ९५७.४८ ग्राम सुन र १ केजी ७८ ग्राम चाँदीका गरगहना अबैध रुपमा भन्सार चोरी पैठारी र भण्डारण गरी राजश्व चुहावट गरेको पाइएपछि मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

अब उनीहरुलाई राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐत २०५२ को दफा २३ को उपदफा १ बमोजिम जरिवाना, दफा २३ को उपदफा (१) को घ बमोजिम कैद संजाय र बरामद भएको सुनचाँदी जफत गर्ने माग दाबी सहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । पछिल्लो समय विभागले राजस्व चुहावट गर्ने र भन्सार चोरी पैठारी गर्ने बिरुद्धको कार्यलाई तिव्रता दिदै आएको छ । विभागले कारबाहीको पक्रियालाई अझ तिव्र रुपमा लाने बताएको छ ।

प्रतिक्रिया