मिथिला कलाकार सम्मानित

जनकपुर । मिथिला लोककलामा योगदान दिएका आधा दर्जन कलाकारलाई सम्मान गरिएको छ । मिथिला कलामार्फत मैथिली संस्कृतिलाई विश्वभरी चिनाउन महत्वपूर्ण योगदान दिएका उनीहरुलाई प्रदेश २ का प्रमुख राजेश झा अहिराजले सम्मान गरेका हुन् ।मि थिला कलामा अनवरत् संघर्ष गर्दै अभियान स्वरुप विश्वसामु स्थापित गराउन अहम् भूमिका खेलेका मिथिला लोककलाकार मिथिलेश्वरी देवी कर्ण, मञ्जुला ठाकुर, चुनचुनदेवी झा, अनुरागी झा र गालोदेवी मण्डल खत्वेलाई सम्मान गरिएको हो ।

मंगलबार जनकपुरधाममा मिथिला लोककलाको पहिचानलाई विश्वसामु स्थापित गराउनका लागि गरेको संघर्षसँगै उनीहरुको लामो संघर्षको कदर स्वरुप सम्मान गरिएको प्रमुख झाले बताए । उनले कला र संस्कृतिले राष्ट्र समृद्ध हुने भएकाले कलाकारको सम्मानले यस क्षेत्रको विकासमा योगदान पुग्ने विचार व्यक्त गरे । महिला सशक्तीकरण गर्ने लक्ष्यका साथ स्थापित नारी विकास केन्द्रको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि कलाकारले प्रदेश प्रमुख समक्ष माग राखेका थिए ।

प्रदेश प्रमुख झाले मिथिलाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक परिवेशलाई लोककलामार्फत संसारभर नेपाललाई चिनाइराख्ने कलाकारको सम्मान राष्ट्रको सम्मान भएको बताए । उनले मिथिला कलाको संरक्षण, संवद्र्धन र विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्ध व्यक्त गरे । उनले मिथिला संस्कृतिको प्रवद्र्धन, संरक्षण तथा विकास गर्ने लक्ष्यका साथ स्थापित नारी विकास केन्द्रले सराहनीय काम गरेको बताए । उनले उक्त केन्द्र स्थापनामा सहयोग पु¥याएका सुदर्शनलाल कर्णसहित सम्मानित कलाकारसँग मिथिला कला, संस्कृति तथा वाङ्मयका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया