बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ को छायाँकन पुन: सुरु

मुम्बई । कोरोना महामारी बिच लकडाउनका कारण रोकिएको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ को छायाँकन पुन: सुरु भएको छ । भारतमा कोरोनाको दोस्रो लहरबिच यस फिल्मको छायाँकन रोकिएको थियो। संक्रमणदर घटे सँगै सरकारले सुटिङका लागि अनुमति दिएपछि फिल्मको छायाँकन प्रारम्भ भएको हो ।

भारतमा जुलाई वा अगस्टमा कोरोना भाइरसको तेस्रो लहर आउने आशंका गरिएको छ। तेस्रो लहर नआउँदै फिल्मको बाँकी छायाँकन सक्ने फिल्म निर्माण टिमको योजना रहेको छ । फिल्म ‘आरआरआर’ मा जुनियर एनटिआर, राम चरण, आलिया भट्ट, अजय देवगण लगायतका कलाकारको भूमिका रहेको छ। यसै फिल्मबाट आलिया भट्ट र अजय देवगनले दक्षिण भारतीय फिल्म उद्योगमा डेब्यू गर्दैछन् । ३२५ करोड (भारु) बजेटमा निर्माण हुन लागेको फिल्म अक्टोबर १३ मा रिलिज हुने छ ।

प्रतिक्रिया