एसियन लाइफ र वेल्थ म्यानेजमेन्ट सम्झौता

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङबीच सेयर लगानी र स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । सोमबार एसियन लाइफ र वेल्थ म्यानेजमेन्ट बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एशियन लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्टबाट अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका हुन ।

सम्झौतापछि वेल्थ म्यानेजमेन्टमा एसियन लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत सेयर स्वामित्व कायम भएर वेल्थ म्यानेजमेन्ट बीमा क्षेत्रमा एसियन लाइफको पहिलो सहायक कम्पनी हुने भएको छ । स्वामित्व परिवर्तन पछि वेल्थ म्यानेजमेन्टको नाम परिवर्तन गरी एसियन क्यापिटल लिमिटेड कायम भएको एसियन लाइफ इन्स्योरेन्सले जनाएको छ । वेल्थ म्यानेजमेन्टले हाल लगानी व्यवस्थापन र निक्षेप सेवा (डिपी) प्रदान गर्दै आएकोमा भविष्यमा नियामक निकायबाट स्वीकृती लिएर मर्चेन्ट बैंकिङ सम्बन्धी अन्य सेवाहरु पनि सुरु गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया