यूरोकप समूह बी : अन्तिम खेलमा यस्तो छ अंक गणित

लण्डन । युरोकप फुटबलअन्तर्गत समूह बीको खेलमा सोमबार सेन्ट पिटर्सवर्गमा बेल्जियम र फिनल्यान्ड तथा कोपेनहेगनमा रुस र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । यी दुवै खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ मा हुनेछन् । यस समूहबाट बेल्जियम दोस्रो चरणका लागि छनोट हुने निश्चित छ । समूहमा शीर्ष स्थान हासिल गर्ने हो भने बेल्जियमले खेल बराबरी गरे पुग्छ । बाँकी को–को छनोट हुन्छन् भन्ने तय हुन बाँकी छ ।

यस खेलमा रुस विजयी भए डेनमार्क स्वतः प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिनेछ । त्यस्तै, यो खेल बराबरीमा टुंगिए पनि डेनमार्कको यात्रा समाप्त हुनेछ । तर, कोपेनहेगनमा जित निकाल्न सके आयोजक टोलीको दोस्रो चरण पुग्ने सम्भावना खुल्नेछ । यद्यपी, यो खेलको नतिजालाई बेल्जियम र फिनल्यान्डबीचको नतिजासँग जोडेर हेर्नुपर्ने हुन्छ ।

डेनमार्कका लागि आफुले खेल जितेर मात्रै पुग्दैन, अर्को खेलमा फिनल्यान्ड पनि बेल्जियमसँग पराजित भएको हुनुपर्छ । यस्तो परिस्थितीमा रुस, फिनल्यान्ड र डेनमार्कको तीन तीन अंक हुनेछ र गोलअन्तरले दोस्रो र तेस्रो स्थान टुंगो लगाउनेछ । त्यसैगरी रुसले डेनमार्क र फिनल्यान्डले बेल्जियमलाई हराएमा रुस, फिनल्यान्ड र बेल्जियमको ६–६ अंक हुनेछ । यस्तोमा पहिलो, दोस्रो र तेस्रो हुने टोलीको छिनोफानो गोलअन्तरबाटै हुनेछ ।

प्रतिक्रिया