तरियाँका कृषकद्वारा ६० क्विन्टल प्याज उत्पादन

दैलेख । दैलेखको तरियाँ गाउँका १३ स्थानीय कृषकले ६० क्विन्टल प्याज उत्पादन गरेका छन् । एक गाउँका १३ जनाले ६० क्विन्टल प्याज उत्पादन गरेका हुन् । कर्णाली राजमार्गले छिचोलेको उक्त गाउँका कृषकले एकै सिजनमा ६० क्विन्टल प्याज उत्पादन गरेका हुन् । दुल्लु नगरपालिका–२ तरियाँ गाउँँमा ६० क्विन्टल प्याज उत्पादन भएको हो । गाउँका १३ जना कृषकले प्याज खेती गरेका थिए । स्थानीय तरियाँ बेमौषमी तरकारी उत्पादन कृषि समूहमा आबद्ध भएका कृषकहरूले प्याज खेती गरी यो सिजनमा ४० क्विन्टल प्याज बिक्री गरेको बताएका छन् । उनीहरूका अनुसार उत्पादन भएको प्याज कृषकहरूले प्रतिकेजी ३० रुपैयाँका दरले बिक्री गरेका छन् । ‘गाउँमै आएर खरिद गर्न चाहाने व्यापारीहरूका लागि हामीले प्रतिकेजी ३० रुपैैयाँका दरले प्याज बिक्री गरेका हौँ,’ समूहका अध्यक्ष कर्णबहादुर थापाले भने । गाउँमा १५ रोपनी जग्गामा प्याज खेती गरिएको थियो । किसानहरूले उत्पादन गरेको प्याज दैलेखसहित सुर्खेत, कालिकोट तथा जुम्ला जिल्लामासमेत बिक्री भएको छ ।

दुल्लु नगरपालिकामा युरोपियन युनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम सहकार्यमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरूको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।

उक्त परियोजनाले प्याज खेती गर्ने कृषकलाई बिउ सहयोग गरेको थियो । परियोजनाले कृषकहरूलाई प्याजको बिउसहित प्राविधिक सहयोगसमेत गरेको जानकारी सौर्य दैनिकलाई दिएको छ । राम्रो उत्पादनसँगै मनग्य आम्दानीसमेत हुनेभएपछि कृषकहरूको प्याज खेतीमा आकर्षण बढेको छ । दैलेखका सबै स्थानीय तहहरूमा प्याजको उत्पादन हुने गरे पनि व्यावसायिक कृषक भने कमै रहेका कृषि विकास कार्यालय दैलेखले बताएको छ । कार्यालयका अनुसार जिल्लाभित्र दुई ठाउँ नारायण नगरपालिका र दुल्लु नगरपालिका–१३ मा रिड क्रियोमिड जातको बिउ उत्पादन हुन्छ । जिल्लामा प्याजको उत्पादन गर्नेको लागि कृषि विकास कार्यालय दैलेखले आवश्यक पहल थाल्ने निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया