ग्रामीण क्षेत्रमा कोरोना संक्रमण वृद्धि

डोटी । जिल्लामा दोस्रो चरणको कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल एक हजार २०० जनामा संक्रमण पुष्टि भएको छ ।

ती मध्ये ५० जनाले कोरोना जित्न सफल भएका छन् । संक्रमण पुष्टि भएकोमा अधिकांश युवा उमेरका व्यक्ति रहेका कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए । जिल्लाका ग्रामीण भेगमा संक्रमणका बिरामी बढी रहेको बताइएको छ ।

भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिकका कारण जिल्लामा संक्रमण फैलिएको स्थानीयवासीको बुझाइ रहेको छ । यहाँका शहर बजारभन्दा पनि गाउँमा बढी कोरोना संक्रमित भएको कार्यालका मेडिकल सुपरीटेन्डेन्ट कृष्ण जोशीले बताए ।

उनले भने, ‘यहाँका शहर बजारमा भएका कोरोना संक्रमित निको भइसकेका छन्, गाउँघरमा कोरोना संक्रमित बढ्दै गएका छन्, गाउँबाट बढी समस्या देखिने अवस्था छ ।’

प्रतिक्रिया