पाँचथर अस्पताललाई मन्त्री नेम्वाङको पहलमा स्वास्थ्य सामाग्री

पाँचथर । फिदिम नगरमा रहेको पाँचथर जिल्लाअस्पताललाई संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङको पहलमा स्वास्थ्य सामाग्री उपलब्ध गराइएका छ । नेपाल सरकार स्वास्थ्य तथा जन सख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा मन्त्री नेम्वाङले पहल गरेको जिसस प्रमुख तथा जिल्लाअस्पताल विकास समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटाले उक्त जानकारी दिए । सापकोटाकाअनुसार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागमा कार्यरत डाक्टर दोय पवनजङ रायमाझी र पवन शाह, फिदिम २ निवासी तथा स्वास्थ्य विभागका स्वास्थ्यकर्मी विष्णु बाँस्कोटा समेतकोअगुवाइमा स्वास्थ्य सामाग्री उपलब्ध गाराएको हो ।


स्वास्थ्य विभागबाट उपलब्ध भएका स्वास्थ्यसामाग्री, एन्टिजाेन किट १ सय थान, न्याजल क्यानुला ५० थान,  हाइल्फोक्यानुला १ थान, वाई प्याप मेसिन २ थान, सिपीएपी १ थान, सिरीन्ज पंप ३ थान, इन्फीउजन पंप ३ थान लगायत सामाग्रीहरु अस्पताललाइ हस्तान्तरण गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष बिष्णुप्रसाद सापकोटाले अस्पतालका डाक्टर बुद्धि थापालाइ एक समारोहका बीच सोमबार आइपुगेको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरे ।

हाल सम्म पाँचथर अस्पतालमा सरकारी, मन्त्री तथा सामाजिक संघ सस्था साथै दाताहरुबाट प्राप्त सास्थ्य सामाग्रीहरु बिरामीहरुलाइ प्रयोग भइरहेको स्वास्थ्य कर्मीहरुले जानकारी दिएको र सेवा पाइरहेको सिडिओ पुन्यप्रसाद ढकालले जनाए । स्वास्थ्य सामाग्री हस्तान्तरण समारोहमा, पाँचथर अस्पताल समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटा, सिडिओ पुन्यप्रसाद ढकाल, उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष दिपक नेपाल, स्वास्थ्यकर्मी उमेश शाह लगायतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया