काठमाडौ । खल्ती डिजिटल वालेटले असार महिना भित्र खल्तीसँग सम्झौता गर्ने व्यवसायीलाई निःशुल्क एपिआई सेवा उपलब्ध गराउने जनाएको छ । महामारीको बिचमा साना, मझौला तथा ठुला बजारमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने र देशको खस्कदो अर्थतन्त्रको सुधारमा थप योगदान पुर्याउने उद्देश्यका साथ उक्त सेवा संचालनमा ल्याइएको हो ।
यस सेवा अन्तर्गत, खल्तीले आफ्नो ग्राहकहरुको लागि मल्टिपल पेमेन्ट अप्सन पनि उपलब्ध गराएको छ । व्यवसायीले खल्तीको एपिआई आफ्नो सिस्टममा इन्टिग्रेट गर्दा उक्त एक महिना सम्म कुनै शुल्क नलाग्ने व्यवस्थ गरेको छ । यो सेवा यहीँ असार महिना भित्र खल्ती संग सम्झौता गर्नेको हकमा मात्रै लागु हुनेछ ।
खल्तीका प्रबन्धक जोनाम भुर्तेलले महामारीको चपेटामा परि आर्थिक रुपमा कमजोर हुन पुगेको उद्यमीहरुलाई निशुल्क मर्चान्ट इन्टीग्रेसन प्रदान गरि त्यस्ता व्यक्तिको आर्थिक स्थिति सबल बनाउने अवधारणाको साथ यो कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउका छन ।
प्रतिक्रिया