सुनको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९३ हजार ९०० रुपैयाँ थियो भने बुधबार ९४ हजार २०० थियो ।

यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ६०० रुपैयाँले नै बढेर तोलाको ९४ हजार पुगेको महासंघले जनाएको छ । यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार तोलाको १३ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार १३ सय ७० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया