पाँचथरमा एक सय श्य्याको अस्पताल स्तरोन्नती गर्न मन्त्री नेम्वाङको आग्रह


पाँचथर ।
जिल्ला अस्पताललाई एक सय श्य्याको स्तरोन्नतीका लागि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेका छन् । मंगलबार मुख्यमन्त्री राईलाई मन्त्री नेम्वाङले पत्र पठाएका थिए ।

संघीय मन्त्री नेम्वाङले पाँचथर, तेह्रथुम, ताप्लेजुङ, इलाम क्षेत्रका सर्वसाधारण नागरिकहरुले स्वास्थ्य सेवा लिने केन्द्रको रुपमा स्तरोन्नती गर्न अपरिहार्य रहेकोले बजेट बिनियोजन गर्न मन्त्री राइलाई आग्रह गरिएको जनाइएको छ ।

उक्त पत्र प्राप्त भएसँगै मन्त्री राईले उक्त आग्रहलाइ उपयुक्त निर्णय लिने वचन दिएको मन्त्री नेम्वाङका स्वकीय सचिव तथा युवा नेता गणेश योङहाङले जानकारी दिए । पाँचथर अस्पतालको भौतिक पूर्वाधार तयार भइरहेकोले अस्पताललाई १ सय श्य्यामा स्तरोन्नतीको नीतिगत निर्णय र बजेट प्रवन्ध आगामी आव २०७८–२०८९ नीति कार्यक्रम तथा बजेटमार्फत योजना छुट्याउन आग्रह गरेका छन् ।

पाँचथरबाट संघीय सांसद भएदेखि नै पाँचथर अस्पताललाई स्तरोन्नती गर्ने नेम्वाङले बताउँदै आएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेपछि विकास निर्माणमा फड्को मारेको पाइन्छ । हाल पाँचथर अस्पताल ५० श्ययाको भौतिक पूर्वाधार संरचनामा सेवा प्रवाह भइरहेको छ ।

मन्त्री नेम्वाङको पहलमा गत वर्ष अस्पताललाई आइसियु र भेन्टिलेटर जडानका लागि प्रधानमन्त्री कोभिड – १९ आकसमिक कोषबाट रु २ करोड बजेट बिनियोजन भइ भौतिक संरचना निर्माण अघि बढिरहेको छ । अस्पताललाई २ सय श्यया क्षमता रहन प्रदेश मातहतमा रहने नीतिगत व्यवस्था उल्लेख रहेकोे छ ।

उक्त व्यवस्था अनुरुप सेवाग्राहीले सेवाका लागि पहाडी जिल्लाहरु पाँचथरमा अस्पताललाई स्तरोन्नती गर्न मन्त्री नेम्वाङको पहिलो प्राथमिकता रहेको छ । मन्त्री नेम्वाङले मुख्यमन्त्री राईलाइ पत्रमा अस्पताललाई स्तरोन्नती गरी सञ्चालन गर्न आवस्यक बजेटको व्यवस्थापनसहित स्वीकृत गराईदिन अनोध गरेका छन् ।

संघीय मन्त्रीको प्रदेशमा पत्र आएपछि पाँचथर जिसस प्रमुख तथा पाँचथर अस्पताल विकास समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन, ‘मम्माननिय भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले पाँचथर अस्पतालको स्तरोन्नती गर्न सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्न जुन खालकोे पहल, चासो र अग्रसरता देखाउनु भएको छ, पाँचथरवासिको निम्ीत सधैभरी गौरवको विषय बन्ने छ ।’

प्रतिक्रिया