कोरोनाबाट नेपाली कांग्रेस क्षेत्रीय सचिवको मृत्यु

कञ्चनपुर । नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

गत वैशाख २८ गते पिसिआरको नतिजा पोजेटिभ आएपछि घरमै आइसोलेशनमा बस्दै आएका ऐरलाई तीन दिनअघि मात्रै स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बसोबास गर्दै आएका थिए ।

युवाबीच ऐर लोकप्रिय नेताका रुपमा स्थापित थिए । ऐरका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । ऐरको मृत्यु भएपछि सिङ्गो पार्टी जिल्ला समिति शोकमग्न भएको छ । नेपाली कांग्रेस शुक्लाफाँटाका नेता तेज शाहले उनको निधनले पूरै पार्टी स्तब्ध भएको बताए ।

 

प्रतिक्रिया