‘सुनको चन्द्रमा’ सार्वजनिक

काठमाडौं । गायक शिव परियार र गायिका रचना रिमालको आवाज रहेको ‘सुनको चन्द्रमा’ बोलको गीत सार्वजनिक भएको छ । कलाकार पुष्प आचार्यको शब्द रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन् । गीतमा ओम सुनारको एरेन्ज रहेको छ । सार्वजनिक गीतको भिडियोको निर्देशन तथा कोरियोग्राफी शंकर बिसीको रहेको छ ।

भिडियोमा निर्देशक शंकरसँगै शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दामन्ता, डा. प्रतिक्षा पौडेल लगायतका कलाकारको अभिनय छ । चितवनको भरतपुरस्थित पटिहानीमा खिचिएको गीतको भिडियोमार्फत पर्यटकीय स्थललाई देखाइएको छ । भिडियोमा पछिल्लो समय पर्यटकीय स्थलका रुपमा चिनिएको पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदी, थारु संस्कृति, बोटे संस्कृति, हात्ती सफारी र तथा प्राकृतिक दृश्य देखाइएको छ । दुर्गा पौडेलले छायांकन गरेको भिडियोको सम्पादन नवीन घर्ती मगरको रहेको छ । गीतलाई रवि एण्ड उषा मिडियाले निर्माण गरेको हो । महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई गायक शिवको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया