नेता मल्लको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका पिता गजिन्द्रप्रकाश मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन । उनको यही जेठ ४ गते निधन भएको हो ।

सभापति देउवाले आज एक शोक वक्तव्यर्फत उहाँको निधनको खबरले आफूलाई दुःखीत र मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन । स्वर्गीय मल्ल जिल्ला विकास समिति स्याङ्जाको पूर्वसदस्यसमेत हुन ।

मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान पुर३याएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताए । सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत स्व मल्लको सक्रिय योगदान थियो ।

प्रतिक्रिया