खोजखबर

ट्याक्सी दुर्घटनामा २ जनाको मृत्यु

सौर्य अनलाइन २०७८ वैशाख २९ गते ७:५४ मा प्रकाशित

बाग्लुङ । जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मंगलवार साँझ ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो ।

ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

दुर्घटनामा सोही स्थानकी ३८ वर्षीय रतिकला विक घाइते भएको वन्तको भनाइ छ । घाइते विकलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।– रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय