विश्व

भारतमा देखा परेको नयाँ भेरिएन्टको कोरोना निकै खतरनाक

सौर्य अनलाइन २०७८ वैशाख २८ गते ८:२८ मा प्रकाशित

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले भारतमा देखा परेको नयाँ भेरिएन्टको कोरोना भाइरस निकै खतरनाक साबित भएको निष्कर्ष निकालेको छ । डब्ल्युएचओका कोभिड-१९ प्रमुख मारिया वेन केरखोवले भारतमा देखा परेको बी.१.६१७ भेरिएन्ट अत्यधिक संक्रामक भएको बताउँदै यसले बिश्वका अन्य राष्ट्रहरु पनि प्रभावित हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरे । गत बर्षको डिसेम्बरमा पहिलो पटक भारतमा पत्ता लागेको यो भेरिएन्ट यही बर्षको अक्टोबरसम्म फैलिसकेको केरखोवको भनाइ छ ।

यो भाइरस भारत हुँदै उसका छिमेकी लगाएका अन्य राष्ट्रहरुमा फैलिसकेको दाबी गर्दै यसले हजारौंको ज्यान लिन सक्ने चेतावनी डब्ल्युएचओको छ । साथै केरखोवले विश्वका कयौं राष्ट्रहरुले भारतको उडानमा रोक लगाइसकेको अवस्थामा अन्य राष्ट्रहरुले पनि सावधानी अपनाउन आग्रह गरे । यसैबीच डब्ल्युएचओका प्रमुख टेड्रोस गेब्रेयासिसले डब्ल्युएचओले टुगेदर फर इन्डिया अभियान शुरु गर्ने जानकारी दिदैं भारतका लागि अक्सिजन, औषधि लगाएत स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने तयारीमा रहेको बताए । यसका लागि कोष खडा गर्ने तयारीमा रहेको टेड्रोसको भनाइ छ । भारतमा कोरानो भाइरसको संक्रमितको संख्या दैनिक ४ लाखको हाराहारीमा पुगेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय