खोजखबर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई मातृशोक

सौर्य अनलाइन २०७८ वैशाख २३ गते १८:३४ मा प्रकाशित

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहेकी मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो ।

केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसकेको र आमाको अन्त्येष्टि शुक्रबार मात्रै गरिने उनका घरपरिवारले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय