खोजखबर

काठमाडौं उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने, १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

सौर्य अनलाइन २०७८ वैशाख २१ गते १८:५५ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जान पाइने भएको छ ।

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय