डोटीको गैरामा नेपाली सेनाको गाडी दुर्घटना

दार्चुला । डोटीको गैरामा नेपाली सेनाको गाडी दुर्घटना भएको छ । दार्चुलाबाट धनगढीतर्फ फर्किदै गरेको नेपाली सेनाको प्रदेश ३ को ०१–००१ ग ३७३२ नम्बरको गाडी डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ गैराको बिच सडक मा ब्रेक फेल भएर पल्टिएको हो ।

उक्त गाडी पल्टिँदा कुनै पनि मानविय क्षेति भने नभएको प्रहरी चौकी गैराले सौर्य दैनिकलाई बताए । बिच सडकमा पल्टिएको सेनाको गाडीलाई जेसिबि मेसिनको सहयोगले उठाइएको थियो ।

सेनाको गाडी पल्टिँदा ४५ मिनेट जती सडक जाम भएको घटनास्थलबाट दार्चुला आइरहेका मालबाहक ट्रकका चालक टेक सिंह भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया