बाँदर समाउन खोटाङका सिकारीहरु धादिङमा, एउटा समाएको रु २५ सय

धादिङ । बाँदरले अत्यधिक दुख दिन थालेपछि धादिङमा खोटाङदेखि तालिम प्राप्त सिकारीहरु ल्याईएको छ । आफूले मेहनत गरेर लागाएको बाली खाइदिने र नष्ट गरिदिने बाँदरबाट ५०औँ वर्षदेखि आजित बनेका धादिङ निलकण्ठ नगरपालिकास्थित् मुरली भञ्ज्याङका स्थानीय किसानहरुले नगरपालिकासँगको सहकार्यमा बाँदर समाउनकै लागी खोटाङको दिक्तेलबाट ५ जना तालिम प्राप्त सिकारीहरु ल्याएका हुन् ।

उनीहरुले समाएको प्रति बाँदर २ हजार ५ सयका दरले सिकारिहरुलाई रकम बुझाउने गरी खोटाङ दिक्तेलबाट तालिम प्राप्त ५ जना सिकारी ल्याईएको किसानहरुले बताएका छन् । उता नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भिम ढुङ्गानाले पनि बाँदर समाउन ल्याएको सिकारीलाई किसानहरुले तोकेको भत्ता नगरपालिकाको तर्फबाट भुक्तानी गरिदिने बताए ।

‘अहिले स्वयं किसानले सिकारीलाई दिन्छन्, सिकारीहरुले कति बाँदर समाउनेछन् सबै हिसाव गरी किसानहरुलाई जम्मा भुक्तानी दिने व्यवस्था मिलाउन भनेको छु’, उनले भने । किसानले तिर्ने उक्त रकम पछि एक मुष्ट किसानलाई नगरपालिकाले दिने नगरप्रमुख ढुगांनाले बताए । उता किसानहरले भने हाल १–१ हजार उठाएर बाँदर समाउने सिकारीलाई भुक्तानी दिने तयारी गरेका छन् ।

उता ३ दिनको अवधीमा ६ वटा बाँदर जालमा पारेर समातिएको किसानहरुले बताएका छन् । यद्यपि उक्त बाँदर कहाँ लगेर छाडिने भन्नेबारे भने अन्यौलता रहेको किसानहरुले बताएका छन् । त्यस्तै सम्बन्धीत निकायबाट बाँदर समाउने र छाडिने स्थान कहाँ हो ? अनुमति लिए नलिएकोबारे केहि खुलेको छैन ।

गत केहि वर्ष अघीदेखिनै सदरमुकाम धादिङबेसी नजीकै रहेको नीलकण्ठ नगरपालिकास्थित् पाल्पा भञ्ज्याङका किसानहरुले आफूले मेहनत गरेर लागाएको बाली बाँदरले खाइदिने र नष्ट गरिदिने गरेको भन्दै स्थानीय प्रशासनमा हरेक वर्ष निवेदन दिने गरेका थिए । किसानहरुले बाँदरले बालीनाली, घरका फलफूलसमेत खाएर नोक्सान गरि परिवार पाल्न गाह्रो भएको भन्दै बाँदर मार्न अनुमति माग गर्दै आएका छन् ।

तर, प्रशासनले भने बाँदको बाच्न पाउने अधिकार हनन् गर्ने अधिकार छैन, त्यसैले मार्न अनुमति दिने कुरानै भएन सकिन्छ भने संरक्षण गर्ने भन्दै फर्काउने गरेको थियो ।

प्रतिक्रिया