देखिन थाल्यो तरलता अभाव  

काठमाडौं । बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव देखिन थालेको छ । नयाँ बर्षदेखी लागु हुनेगरी बैकहरुले व्याजदरको नयाँ सुचि सार्वजनिक गरेका छन । त्यस्ता सुचि सार्वजनिक गर्ने बैंकहरु मध्ये केहीले ब्याजदर बढाएका छन भने अधिकांश बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन ।

तरलता अभावसंगै अन्तर बैंक ब्याज दर साढे चार प्रतिशत पुगेका बेला बैंकहरुले निक्षेपको ब्याज दरमा फरक पन देखिएको हो । उच्चतम लगानी गरेर सीमा सकिएपछि केही बैंकले निक्षेप बढाउन ब्याज बृद्धि गरेका छन भने केहीले उल्टो घटाएका छन । नयाँ बर्षदेखी लागू हुने गरी करिव २ दर्जन बैकले व्याजदर सार्वजनिक गरेका छन ।

सबैभन्दा उच्च कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) रहेको मेगा बैंकले ब्याज दर २ प्रतिशत बिन्दुले घटाएको छ भने एनआइसी एसिया र सानिमा बैंकले एक प्रतिशत बिन्दुले ब्याज बढाएका छन । केन्द्रीय बैकले ८५ प्रतिशतभन्दा कम सीसीडी हुनु पर्ने ब्यवस्था गरेको छ ।

ब्याजदर घटाउनेमा एनएमबि, नबिल र सनराइज बैंक पनि रहेका छन । नबिल बैंकले चैतमा २.५१ प्रतिशत दिँदै आएको बचतको ब्याज घटाएर १.५१ प्रतिशतमा झारेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार अहिलेको विषम परिस्थितिमा ब्याज बढायो भने आइरहेको ऋणको किस्ता आउन नसक्ने र अधिकांश बैंकहरूमा व्यवसाय बढाउन प्रेसर रहेका छ ।

निक्षेपमा ब्याज बढाउनु भनेको ऋण लिन आउनेलाई पनि ब्याज बढाउनु हो । अहिलेको महामारीका बिचमा तरलता अभाव भए पनि बैंकहरूलाई ब्याजदर वृद्धि गर्न सक्ने अवस्था कठिन रहेको छ । तरलता अभावले समस्या सिर्जना गरिसकेको र सो जुटाउन वैकल्पिक मार्गको खोजीमा बैंकहरू लागिसकेका छन ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका अनुसार अहिलेको अवस्थामा बैकहरूले बचतमा पनि ब्याजदर स्थिर राख्नु उपयुक्त हुन सक्छ । सरकारी स्वामित्वको नेपाल बैंकले बचतमा २ दशलमव ५ देखि ४ प्रतिशत ब्याजलाई निरन्तरता दिएका छन । मुद्दतीमा पनि बैकले ७ प्रतिशतलाई यथावत राखेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले बचतको न्यूनतम ब्याज दर २ प्रतिशतलाई बढाएर २.२५ प्रतिशत पु¥याएको छ । अधिकतम ब्याज ४ प्रतिशत यथावत राखेको छ । मुद्दती खातातिर ७ प्रतिशतको ब्याजलाई ७ दशलमव २५ प्रतिशत पु¥याएको छ । सनराइज बैंकले २ दशमलब ५ देखि ४ प्रतिशतसम्मको ब्याज दरलाई घटाएको छ । बचतको ब्याज २ देखि ३.५ प्रतिशतमा झारेको छ । मुद्दती निक्षेपको ब्याज दर सात प्रतिशतलाई भने निरन्तरता दिएको छ ।

हिमालयन बैंकले बचतको ब्याज २ देखि ४ प्रतिशत यथावत् राखेको छ । मुद्दतीको ब्याज पनि यथावत् छ । अधिकतम सात प्रतिशत दिने बैकले बताएको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले पनि बचतको ब्याजलाई निरन्तरता दिएको छ । बैंकले बचतमा ३ देखि ५ प्रतिशतसम्म दिने छ । मुद्दतीको ब्याज ८ प्रतिशतलाई निरन्तरता दिएको छ ।

कुमारी बैंकले बचतको ब्याज बढाएको छ । न्यूनतम २ देखि ४ प्रतिशत दिँदै आएको बैंकले १ वैशाख बाट लागू हुने गरी २ दशमलब ५३ देखि ४ दशमव ५३ प्रतिशत दिने घोषणा गरेको छ । मुद्दती निक्षेपमा बैंकले अधिकतम ब्याज ७ दशलमव २५ प्रतिशत पु¥याएको छ । यसअघि ७ प्रतिशत मात्र थियो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बचतको ३ देखि ५ प्रतिशतको ब्याजलाई निरन्तरता दिएको छ । मुद्दतीमा बैंकले ७ दशलमव २५ प्रतिशतलाई निरन्तरता दिएको छ ।

एभरेष्ट बैंकले बचतको २ देखि ४ प्रतिशत ब्याजलाई नै कायम गरेको छ । प्राइम कमर्सियल बैंकले बचतको तल्लो ब्याज दर बढाएको छ । त्यस्तै, सेन्चुरी कमर्सियल बैंकले २ दशलमव ७५ देखि ४ दशमलव ७५ प्रतिशतको बचतको ब्याजलाई निरन्तरता दिएको छ ।

बैंक अफ काठमान्डुले २ देखि ३ दशलमव ५ प्रतिशतसम्म दिँदै आएको ब्याजलाई ३ दशलमव १ देखि ४ दशलमव ६ प्रतिशत बनाएको छ । नेपाल एसबीआइ बैंकले बचतको सबै ब्याज दर ३ प्रतिशत कायम गरेको छ । यसअघि २ देखि ३ प्रतिशत दिँदै आएको थियो । मुद्दतीको ब्याज दर बढाएको छ । संस्थागत निक्षेपकर्ताले अधिकतम साढे ६ प्रतिशत पाउँदै आएकोमा अब ८ प्रतिशत पुर्याइएको छ ।

प्रतिक्रिया