मत-विमत

हाम्रो सगरमाथा, हाम्रो शान

निनाम कुलुङ ‘मंगले’ २०७८ वैशाख १ गते १२:२३ मा प्रकाशित

                             निनाम कुलुङ ‘मंगले’

आदि–अनादि कालदेखि रहँदै आएको असली र पूरानो नाम भने, ‘चोमोलुङमा’ हो । तर, पछि आएर यो हिमालले अंग्रेजीमा ‘एभरेस्ट’ नाम र नेपालीमा ‘सगरमाथा’ नाम पाएको छ । पछिल्लोपटक आदि–अनादि कालदेखि रहँदै आएको असली र पूरानो ‘चोमोलुङमा’ नामले भन्दा पनि विदेशीहरूमाझ ‘एभरेस्ट’ नाम र नेपालीहरूका माझ ‘सगरमाथा’ नामले नै बढी चिनिँदै आएको छ प्रचारप्रसार हुँदै आएको ।

नेपालको नाम अंग्रेजी भाषामा त्यसै ‘हिमालय किङडम’ रहेको होइन । किनभने, नेपाल सरहदमा आठ हजार मिटरभन्दा माथिका हिमाल १७ वटा, ७ हजार ५ सय मिटरदेखि आठ हजार मिटरसम्मका हिमाल ४० वटा, ६ हजार मिटरदेखि ७ हजार ५ सय मिटरसम्मका १२ सय ५३ वटा हिमाल र, ५ हजार ५ सय मिटरदेखि ६ हजार मिटरसम्मका १९ सय १३ वटा हिमालहरू रहेका छन् ।

(स्रोतः नेपाल पर्वत २०११ को अक्टोबर अंक) समुन्द्र सतहदेखि नाप्दा विश्वकै अग्लो हिम शिखर पनि सौभाग्यवश हामै्र देश नेपालमा रहेको छ, जुन हिमाललाई आमरूपमा (पर्वतारोहीहरूमाझ) सगरमाथा–एभरेस्ट भनेर चिनिन्छ । जुन हिमालको आदि–अनादि कालदेखि रहँदै आएको असली र पूरानो नाम भने, ‘चोमोलुङमा’ हो ।

तर, पछि आएर यो हिमालले अंग्रेजीमा ‘एभरेस्ट’ नाम र नेपालीमा ‘सगरमाथा’ नाम पाएको छ । पछिल्लोपटक आदि–अनादि कालदेखि रहँदै आएको असली र पूरानो ‘चोमोलुङमा’ नामले भन्दा पनि विदेशीहरूमाझ ‘एभरेस्ट’ नाम र नेपालीहरूका माझ ‘सगरमाथा’ नामले नै बढी चिनिँदै आएको छ प्रचारप्रसार हुँदै आएको छ ।

०७२ सालमा नेपालमा गएको भूकम्पपछि काठमाडौं उपत्यकालगायत केही ठाउँमा केही सेन्टिमिटर भए पनि उचाइ बढेको पाइएपछि सगरमाथा हिमालको पनि उचाइ थपघट भएको हुन सक्छ भनी सगरमाथाको नयाँ उचाइ लिनुपर्ने माग उठ्यो । त्यसैले लगभग दुई वर्षअघि नेपाल सरकारले सगरमाथाको नयाँ उचाई पत्ता लगाउनका लागि नापजाँचको काम गर्न तत्कालीन भूमि सुधार मन्त्रालय (हाल भूमि व्यवस्था मन्त्रालय) अन्तर्गत रहेको नापी विभागलाई जिम्मा दिएको थियो ।

तर, कोरोना महामारी लगायतका अन्य कारणले गएको मंसिर २३ मा मात्रै सगरमाथाको नयाँ उचाइको घोषणा नेपाल सरकार र चीन सरकारले संयुक्त रूपमा गरे । सो घोषणा अनुसार अब सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ सेन्टिमिटर कायम रहेको छ । यसअघि नेपाल सरकारले ८ हजार ८ सय ४८ मिटरलाई सगरमाथाको आधिकारिक उचाइ मान्दै आएको थियो भने, चीन सरकारले चाहिँ ८ हजार ८ सय ४४ दशमलवज ४३ सेन्टिमिटरलाई आधिकारिक उचाइ मान्दै आएको थियो । त्यस्तै अमेरिका, युरोप लगायतका देशहरूले भने, सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर रहेको भन्दै आएका थिए ।

जे होस्, यो लेखमा थोरै सगरमाथा आरोहणको इतिहासबारे र थोरै सगरमाथाको उचाइबारे लेख्ने प्रयास गरिएको छ । ऊ वेला अर्थात् ‘एभरेस्ट’ र ‘सगरमाथा’ नाम राखिनुअघि सगरमाथाका नामहरू अनेक अड्कल गरिएका थिए । जस्तै ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘थर्ड–पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५औँ चुली’ लगायत डेढ दर्जनभन्दा बढी नामहरू अड्ल गरिएका थिए ।

तर, पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमालहरू अलग्गै पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो । त्यसो त अझै पनि पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरू र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरू (धेरैजसो विदेशी लेखकहरूले) ले ‘चोमोलुङमा’ भनी लेखेको–बोलेको देखिन्छ ।

तर, सन् १८५६ मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङमा’ को नयाँ नाम ‘माउन्ट एभरेस्ट’ राखिएको हो । स्मरणीय छ, सो वेला सर जर्ज एभरेस्ट आप्mनो सेवा अवधी सकेर बेलायतको इङ्ल्यान्डमा ‘रिटायर लाइफ’ बिताइरहेका थिए भने उनले सन् १८२३–१८४३ सम्म भारतको नाप–नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए । नोटः माथिका विभिन्न नामहरूमध्ये केही नामहरू ‘टु द थर्ड पोल’ नामक किताबबाट लिइएको हो ।

त्यस्तै ‘चोमोलुङमा’को नयाँ नेपाली नाम सगरमाथा नामचाहिँ, इतिहासकार बाबुराम आचार्यले राखेका हुन् । त्यस्तै ‘चोमोलुङमा’को उचाइका सम्बन्धमा पनि सुरुसुरुमा एकरूपता थिएन । (अहिले पनि छैन ) कहिले ८ हजार ८ सय ८८ मिटर, कहिले ८ हजार ८ सय ४० मिटर, कहिले ८ हजार ८ सय ५० मिटर, कहिले ८ हजार ८ सय ७२ मिटर, कहिले ८ हजार ८ सय ४४ दशमलव ४३ मिटर, कहिले ८ हजार ८ सय ४८ मिटर आदि भनी प्रचारमा ल्याइने गरिन्छ ।

यस्तो काम बढीजसो युरोप महादेश र उत्तर अमेरिकी महादेशका पर्वतारोहीहरू र लेखकहरूले गर्ने गरेका छन् । जे होस्, अस्तिसम्म नेपालले मान्दै–मान्यता दिँदै आएको उचाइ ८ हजार ८ सय ४८ मिटर जुन छ, त्यो सन् १९५४ मा सर्भे अफ इन्डियाले गरेको नापजाँचको आधार निकालिएको उचाइ थियो । स्मरणीय छ, चीनतर्पmबाट सगरमाथा चढ्ने पर्वतारोहीहरूलाई चीन सरकारले प्रमाणपत्र दिँदा अभैm पनि (पोहोरसम्म) ८ हजार ८ सय ४४ मिटरकै प्रमाणपत्र दिने गरेको थियो ।

जे भएता पनि यसपटक नेपाल र चीन दुवै देशको ‘भद्र सहमति’ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सगरमाथाको नयाँ उचाइ कायम भएकोले गर्दा अबका दिनमा चीन तर्फबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरूलाई चीन सरकारले दिने प्रमाणपत्रमा ‘८ हजार ८ सय ४८ दशमलव ८६ मिटर’ नै कायम होला–गर्ला भन्ने आशा गर्न सकिन्छ ।

स्मरणीय छ, गत मे को सिजनमा चीनले पनि आफ्नो तर्फबाट सगरमाथाको नापजाँच गरिसकेको छ । त्यसो त सर्वप्रथम सन् १८५२ मा सगरमाथाको उचाइ ८ हजार ४० मिटर मानिएको थियो भन्ने प्रसंग माथि नै उल्लेख भएको छ । पछि आएर व्यक्ति (पर्वतारोही तथा लेखकहरू) र देशैपिच्छे सगरमाथाको उचाइ मान्न थालियो भन्ने पनि उल्लेख गरिएको छ । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा सगरमाथाको उचाइ ८ हजार ७२ मिटर लेखिएको छ भने, एक प्रेमी जोडीले लेखेको किताबमा सगमाथाको उचाइ ८ हजार ८ सय ४२ मिटर उल्लेख छ ।

यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्ड (तत्कालीन बेलायतको मातहत रहेको देश) का एडमन्ड पर्सिभल हिलारीले प्रथम मानवका रूपमा सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए, त्यसअघि सन् १९५१ मा एक सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु-सन्दकपुर (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर) तेङबोचे हँुदै नेपाल तर्पmबाट सगरमाथा चढ्न गएका थिए ।

तर, उनीहरूले पनि विगतका आरोही दलहरूले जस्तै सफलता पाउन सकेनन् । फेरि सन् १९५२ मा अर्को एक स्वीस टोलीले पनि नेपालतर्पmबाटै एकै वर्षमा दुईपटक सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए । तर, उनीहरूले पनि सगरमाथा आरोहण गर्नमा पूर्णरूपमा सफलता पाउन सकेनन् । तर, उनीहरू वर्षात् अघिको प्रयासमा ८ हजार ५ सय ९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा ८ हजार १६ मिटरको उचाइसम्म पुग्न भने सफल भएका थिए ।

संभवतः सगरमाथा आरोहणको इतिहासमा त्यो उचाइसम्म पुग्ने पहिलो टोली त्यही स्विस पर्वतारोहीहरू नै थिए । त्यस्तै नामको सन्दर्भमा भन्नुपर्दा केही समयअघि भारतीय टेलिभिजन च्यानल जी टीभीका सम्पादक–पत्रकारले सगरमाथा क्षेत्रको कालापत्थर गएर एक दृश्य छायांकन गरेर सगरमाथालाई भारतले पनि दावी गर्नुपर्ने, नाम ‘चोमोलुङमा’, ‘एभरेस्ट’ र ‘सगरमाथा’को सट्टा राधानाथ सिक्दर–सिकन्दरको नाममा नयाँ नाम ‘राधानाथ सिक्दर–सिकन्दर’ राख्नुपर्ने माग राखेका थिए । उनको यो मागले के संकेत गर्छ ? यस बारेमा हामीले वेला छँदै गम्भीर ढंगले सोच–विचार गर्ने हो कि ? कि कसो हो, मौसमी राष्ट्रवादी कामरेडहरू ?

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय