गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी, गृहमन्त्री थापाद्वारा उद्घाटन

गण्डकी । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी आयोजना गरिएको छ । गोष्ठीमा प्रदेशका सबै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ ।

आइतबार सुरु भएको गोष्ठीको आज गमलामा पानी राखेर गृहमन्त्री रामबहादुर थापाले औपचारिक उद्घाटन गरे । गोष्ठीमा गृहमन्त्री थापासहित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रामशरण बस्नेतसहित चारवटै सुरक्षा निकायमा उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको छ ।

गोष्ठीमा सबै जिल्लाबाट आएका सुरक्षा विश्लेषणका आधारमा गृह मन्त्रालयले सुरक्षासम्बन्धी नयाँ रणनीति बनाउने जनाइएको छ । गृह मन्त्रालयका अनुसार अन्य प्रदेशमा पनि छिट्टै सुरक्षा गोष्ठीको मिति तोकिने कार्यक्रम छ । गतवर्ष नै हुनुपर्ने गोष्ठी कोरोनाका कारण रोकिएको थियो ।

प्रतिक्रिया