खोइ त वाचा पूरा भएको प्रमज्यू ?

             चमिना भट्टराई

नेपालीमा वाचा गर्ने पूरा गर्न नपर्ने संस्कारजस्तै बनेको छ । वाचामा भर परेर बस्नेले खोइ त बोलेको कुरा पूरा गरेको भनेर कमै सोध्ने गर्छन् । वाचा पाए हुनेजस्तै भएको छ नेपाली समाज पनि । अझ सरकार त जनताका लागि अनेक वाचा र आश्वासन दिने पूरा नर्गेमा अगाडि नै छ । जनता पनि पाएको वाचा कुन आधारमा कसरी पूरा होला भन्ने कुरामा ध्यान दिँदैनन, दंग परेर बस्छन् । चाङका चाङ वाचा सुनेर दंग पर्ने हामी नेपालीको बानी परेजस्तै भएको छ ।

यस्तै मध्येको एक हो, असहाय परिवारका बालबच्चाको अभिभावकत्व ग्रहण गरी उनीहरूलाई शिक्षादीक्षा दिने आश्वासन । यसमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू र विभिन्न ओहोदामा बसेका व्यक्तिहरूले अभिभावकत्व ग्रहण गर्ने एक समय फेसन नै चलेको थियो । तर आफूले अभिभावकत्व ग्रहण गरेका ती बालबालिकाहरूको अवस्था अहिले कस्तो छ ? उनीहरू के गर्दै छन् ? उनीहरूको पढाइ कस्तो चल्दै छ ? यसबारेमा स्वयं उनीहरूलाई चासो छैन । अझ वचन दिने बेलामा विभिन्न सञ्चार माध्यममा फोटा खिचाएर समाचार प्रकाशन गराउन समेत भ्याए उनीहरूले । तर, आज उनीहरूको अवस्था कस्तो छ के गर्दै छन् ? यसबारेमा कसैले चासो दिएको देखिँदैन ।

दुई वर्ष पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’ सरह बनाउने वचन दिएका मुगुकी ठिल्ले साङमु लामाले अभाव र तनावका कारण विद्यालय जानै छोडेको समाचार केही समय अघिदेखि आइरहेका छन् । लामालाई काखमा लिएर अभिभावकत्व ग्रहण गरेका प्रधानमन्त्रीको मुस्कान सहितको तस्बिर र समाचारका शीर्षक उतिबेला निकै प्राथमिकतामा परेका थिए ।

यसले चर्चा पनि बटुल्यो तर, लामाको भविष्य भने प्रधानमन्त्रीको प्राथमिकतामा किन परेन ? हुन त हाम्रा प्रधानमन्त्री आश्वासन दिने सवालमा अहिलेसम्म भएका प्रधानमन्त्रीमा अब्बल नै छन् । सायद त्यसैले पनि उनको प्राथमिकतामा यो विषय परेन होला । उनले आश्वासन दिएको लामा आफ्नै सन्तान भएको भए उनले यस्तै दुःख र अभाव भोग्नुपर्ने थियो त ?

प्रधानमन्त्री ओलीले तीन वर्षअघि लामालाई अभिभावकत्व ग्रहण गरेपछि उनको परिवारलाई २० हजार नगद र केही लत्ताकपडा पठाए रे ! तर खर्चको अभावमा र विद्यालय जाँदा एवं गाउँघर पुग्दा सबैले ‘प्रधानमन्त्रीकी छोरी’ भनेर बोलाउँदा र आफ्नो अवस्थाले उनलाई गिज्याएको अनुभूति हुन थाल्यो । यही तनावका बीचमा उनले विद्यालय जानै छाडिन् ।

प्रधानमन्त्रीको छोरी भनेर सबैले बोलाउँदा किन उनलाई त्यस्तो अनुभूति भयो यसमा कसैले दायाँबायाँ हेरेन । गरिबीमा संघर्ष गरेर बाँचेको उनको परिवारलाई किन दिइयो ठूला आश्वासन । त्यसको जिम्मेवार कोको हो ? देश हाँक्ने मान्छेले वाचा दिए पुग्छ भने अरूले के गर्लान् ? केही समयका लागि किन देखाइयो लामाको परिवारलाई सुन्दर सपना ? उनी बेला त प्रधानमन्त्री र त्यो व्यवस्था मिलाउनेले वाह वाह पाए । तर, उनको परिवारले भने २० हजार रुपैयाँ र खोक्रो आश्वासन मात्रै ! खोइ त वाचा पूरा भएको प्रधानमन्त्री ज्यू ?

दुई वर्ष पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गरेर ‘छोरी’ सरह बनाउने बचन दिएका मुगुकी ठिल्ले साङमु लामाले अभाव र तनावका कारण विद्यालय जानै छोडेको समाचार केही समय अघिदेखि आइरहेका छन् । लामालाई काखमा लिएर अभिभावकत्व ग्रहण गरेका प्रधानमन्त्रीको मुस्कान सहितको तस्बिर र समाचारका शीर्षक उतिबेला निकै प्राथमिकतामा परेका थिए । यसले चर्चा पनि बटुल्यो तर, लामाको भविष्य भने प्रधानमन्त्रीको प्राथमिकतामा किन परेन ? हुन त हाम्रा प्रधानमन्त्री आश्वासन दिने सवालमा अहिलेसम्म भएका प्रधानमन्त्रीमा अब्बल नै छन्

राराको कञ्चन पानीको छेउमा उभिएर गरिएको धमिलो वाचाले आज उनको परिवारलाई दिएको तनावको क्षतिपूर्ति कसले बेहोर्ने ? केही समयको रापतापले मान्छेको जीवन सुखी र समृद्धि हुँदैन भन्ने कुरामा हेक्का राख्नुपर्छ कि पर्दैन ? यस्तै यस्तै कुराले हो त मुलुक समृद्ध हुने ? मुगुमा गएर प्रधानमन्त्रीलाई अभिभावकत्व ग्रहण गर्न वातावरण मिलाउनेहरू अहिले कहाँ छन् । उनीहरूको पनि खोजी गरौँ ।

उनीहरूलाई त्यहाँ राजनीति गर्न पर्छ कि पर्दैन ? पर्छ भने उनको परिवार र आफन्तको भोट चाहिएला कि न चाहिएला ? यसको असर उनीको परिवारमा मात्रै होइन जिल्ला र सिंगो कर्णाली प्रदेशमा पर्छ कि पर्दैन ? यस बारेमा सचेत वर्गले आवाज उठाउनुपर्ने भएको छ । सवाल यति मात्रै होइन, प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गर्नुअघि पनि उनी विद्यालय जान्थिन् । उनको परिवारले जेनतेन पढाएकै थिए, दुःखसुख उनीहरूले आफ्नो भविष्य मानेका थिए ।

तर, यति पछिल्लो समय भने आर्थिक अभाव र तनावका कारण निकै तिक्ष्ण क्षमता भएकी ठिल्लेको विद्यालय यात्रा टुंगिने भन्दै विभिन्न समाचार आउने गरेको छ । यसले अभिभावकत्व ग्रहण गरिएका बाँकी बालबालिकाको अवस्था के होला सहजै बुझ्न सकिन्छ । गरिबीसँग अनेक पौँठाजोरी खेल्दै बसेका उनीहरूको परिवारलाई यस्ता आश्वासनले खल्बलाउने काम किन गरिन्छ ? उनीहरूका लागि आफ्नै दैनिकी छँदै थियो । अहिले प्रधानमन्त्रीको छोरी भनेर आफ्नै स्कुले साथीभाइले हेप्ने र होच्याउने गर्दा तलाउको शान्त पानीमा ढुंगा हानेजस्तै भएको छ । छचल्किएको छ उनीहरूको दैनिकी र पीडा ।

०७५ सालमा प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगी लामालाई अभिभावकत्व ग्रहण गरेका थिए । उनीबेला उनको पढाइ खर्चलगायत गाँस, वास, कपासको प्रतिबद्धता व्यक्त गरे । तर, दुई वर्ष बितिसक्दा उनको अनुरूप सहयोग नगर्दा लामालाई अध्ययनमा समेत समस्या भएको र विद्यालय जाँदा प्रधामन्त्रीकी छोरी भनेर साथीभाइले जिस्क्याउने गरेका छन् ।

यसले उनी र उनको परिवारलाई थप पीडा थप्ने काम भएको छ । त्यो अन्याए हो । किन दिइयो उनको परिवारलाई पुर्याउन नसक्ने आश्वासन ? प्रधानमन्त्रीले एक चेलीको अभिभावकत्व पूरा गर्न सक्दैनन, वा गर्ने उनको उद्देश्य नै होइन ? उद्देश्य विनाका यस्ता खोक्रा आश्वासन कसलै पनि कसैलाई दिनु उनीहरूले भोगेका जीवनका अनेक कठिनतामा अर्को मानसिक तनाव हो । यस्तो कार्य बन्द गरियोस् ।

चार कक्षामा अध्ययनरत उनलाई अहिले स्टेसनरी सामान कापी, कलम, डे«स, नहुँदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जनाएको छ । पढाइमा तिक्ष्ण भएता पनि पठनपाठनमा आवश्यक सामग्राी अभाव र सँगैका साथीले प्रधानमन्त्रीको छोरी भनेर सम्बोधन गरि दिँदा उनलाई तनाव थपिने गरेको छ । देशको प्रधानमन्त्रीको छोरीलाई स्टेसनरीका सामान कापी, कलम, डे«सजस्ता सामग्रीको अभाव हुन्छ ? त्यो पनि सरकारी स्कुलमा पढ्छिन् । हाम्रा देशका प्रधानमन्त्रीले उनको आवश्यकता पूरा गर्ने हैसियत राख्दैनन् त ? उनले न सकेर नै हो त आफूले छोरी मानेर काखमा लिएको लामाको लागि दिएको वचन पूरा गर्न नसकेका ।

यस्ता अनेक प्रश्न आउँछ । सानैमा बाबु गुमाएकी उनले प्रधानमन्त्रीको अभिभाकत्व पाएपछि बाबुको अभावमा झेलेको समस्या पूरा हुने र आफ्नो पढ्ने रहर पूरा होला भन्ने ठानेकी थिइन् होला । तर उनको घरमा अहिले बिहानबेलुका के खाऔँ, के लाऔँ र के राखौँ जस्ता समस्याले रहेको कुरा समाचारमा आउने गरेको छ । यसले उनीहरूको गरिबी र अभावमा काटेको घाउमा नुन छर्किए जस्तै भएको छ । हुन त हाम्रा प्रधानमन्त्रीलाई धेरैले ‘बा’ भन्छन् । तीनै बासँग खिचाएको फोटा देखाएर फूर्ती लगाउनेहरू पनि छन् ।

उनीहरूलाई बालुवाटरको सबैजसो गतिविधि थाहा छ । त्यसैको आडमा स्वार्थ पूरा गर्नेहरू पनि कम छैनन् । तर आफूलाई छोरी बनाएका बा केपी ओली कहाँ बस्छन् कस्तो खान्छन् छोरी लामालाई थाहा छैन । न त बालुवाटार कहाँ पर्छ उनी जान्दछिन्, आफूलाइ छोरी मानेका बा उनको लागि राराको किनारमा बस्दा सम्मका लागि मात्रै हो त ! ठिल्ले साङमु लामालाई भने गाउँले र साथीभाइले प्रधानमन्त्रीको छोरी भन्दा गिज्याएको जस्तो अनुभूति हुन्छ किन ? किन उनलाई प्रधानमन्त्रीको छोरीभन्दा गर्भको अनुभूति भएन ?

प्रधाामन्त्रीले मात्रै होइन, उनको पत्नी राधिका शाक्यले पनि एउटी अर्की छोरी छिरिङ छेन्जोङ लामालाई ग्रहण गरेकी थिइन्, उनको अवस्थामा पनि अहिले उस्तै रहेको समाचार आउने गरेको छ । उनले पनि वचन दिइन्, पूरा गरिनन्, यसमा उनी पनि प्रधानमन्त्रीकै पथमा उभिएको देखिन्छ । यस्ता कार्यमा मन्त्रीहरू पनि चुकेका छन् । धेरै मन्त्री, सांसद र अन्य ओहोदामा रहेका व्यक्तिले आर्थिक अवस्था कमजोर रहेका परिवारका सन्तानको अभिभावकत्व लिने एकपटक फेसनजस्तै बनेको थियो ।

तर, त्यसमा इमानदारीपूर्वक जिम्मेवारी पूरा गरेको भने कमै पाइन्छ । समाचारका शीर्षक बन्नका लागि र समाजमा लोकप्रियता कमाउनका लागि गरिने यस्ता आश्वासनले मान्छेको जीवनमा कति चोट पुग्ला भन्ने कुरा किन सोचिदैन ? मान्छेले दैनिकी चलाउनका लागि अनेक संघर्ष गरिरहेका हुन्छन् । जो जहाँ छ उसले बाँच्ने प्रयास गरेकै हुन्छ । तर, जीवन नै खलबलाउने गरी दिइने यस्ता खोक्रा आश्वासन र झुट बोल्न पाइन्छ कि पाइन्न ? खोजीको विषय बन्नुपर्छ ।

प्रतिक्रिया