भारतमा एकै दिन झण्डै डेढ लाख कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकै दिन झण्डै डेढ लाख संक्रमित भएका छन् । यो सङ्ख्या कोरोना भाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट एक लाख ४५ हजार ३८४ जना संक्रमित भएका हुन् । यसअघि अघिल्लो एकै दिनमा एक करोड ३२ लाख पाँच हजार ९२६ जना कोरोनाभाइरसबाट संक्रमित भएका थिए ।

सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभरी कुल ७९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दश लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोनाभाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोना भाइरस मुक्त भएकाहरुको सङ्ख्या एक करोड १९ लाख ९० हजार ८५९ रहेको छ ।

प्रतिक्रिया