‘रीत’ मा पूर्वराज्यमन्त्री

काठमाडौं । लिम्बू भाषाको चलचित्र ‘रीत’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गर्न लागेको चलचित्रको पूर्वखानेपानी मन्त्री विना मगरले मुहूर्त गरिन् । चलचित्रमा पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे, उदय सुब्बा, असली वनेम, दिलिप योङहाङ लगायतका कलाकारको अभिनय रहनेछ । ताप्लेजुङ, पाँचथर र इलाममा छायांकन हुने चलचित्रमा मान तबेबुङ, अशोक राई र बिबि लिम्बूको संगीत रहेको छ ।

दिनेश लिङदेनको निर्देशन रहने चलचित्रमा सागर केरुङको कथा, पटकथा र संवाद छ । फिल्ममा राम नेयोङ लिम्बू र सन्जिपकुमार लिङ्देनको लगानी रहनेछ भने विक्रम पयाङ्गु र धनराज खड्का सह–निर्माता छन् । मुहूर्तमा त्रिभुवन लुम्फुङवा, लोक आङबुहाङ, असली वनेम, हाङ चेम्जोङ, धनराज खडका र रुद्र पाहिमलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया