मुगुमा ६० जना मोतिया बिन्दु भएका बिरामीको शल्यक्रिया

मुगु । हिमाली जिल्ला मुगुमा आईतवार बाट सुरु भएको निशुल्क आँखा शिविरमा ६० जना मोतिया बिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको छ । हिमालय आँखा अस्पताल केन्द्र घारी पाटनको प्राविधिक सहयोगमा तथा नेपाल नेत्र ज्योति संघ जिल्ला आखा उपचार केन्द्र मुगुको आयोजनामा तिन दिन शिविर सञ्चालन गरिएको हो । लगातार ३ दिन सम्म सञ्चालन भएको शिविरमा आखाँका बिरामी बालवालिका देखि वृद्ध वृद्धा सम्मले सेवा लिएका छन् । हिमालय आँखा अस्पताल पोखरा बाट उपचारमा आएका नेत्र साहेयक धमेन्द्र घोडासैनीले दिएको जानकारी अनुसार तिन दिन सम्म सञ्चालन भएको शिविरमा जम्मा ७ सय ३० जनाले आखाँ चेकजाँच गराएका र जसमा ६० जना मोतिया विन्दु भएका बिरामीको शल्यक्रिया गरिएको छ ।


यसैबीच शिविरका टिम लिडर तथा संयोजक सुवास नेपालका अनुसार मुगुमा आखाँ बिरामी प्राय जसो चोट पटक, हावाले सुख्खा एलर्जी , आँखा चिलाउने, आँखा पाक्ने, साथै आखामा मासु पलाउने आँसु बग्ने जस्ता रोगीहरुको उपचार भएको उनले बताए । उनले थपे कुपोषण, खानपनिमा तलमाथि, आखाको सरसफाईका कारणले पनि आखामा समस्या आउने जानकारी गराए । ३ दिन देखि सञ्चालन भएको शिविरमा ६ जनाको टोलिले मुगुमा निशुल्क आखा उपचार गराएका र जिल्लामा रहेका आखाँ रोगीहरुको समस्यालाई मध्यनजर गर्दे शिविर सञ्चालन गरिएको नेपाल नेत्रज्योति संघ मुगुले जनाएको छ ।

विगत २८ बर्ष देखि मुगुमा नेपाल नेत्र ज्योति संघको आयोजनामा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको र धेरै आँखाका बिरामी हरुलाई राहात भएको नेपाल नेत्र ज्योतिसंघ आँखाउपचार केन्द्रका ईन्चार्ज धुब्र बुढथापाले बताए । यसैबीच आखाँका शिविरमा आखाँ चेकजाँच गर्न आएकमा आखाँका बिरामीहरुले यस्ता शिविर सदरमुकाम मात्रै नभएर ग्रामीण भेगमा हुनु पर्ने बताए । ग्रामणि भेगमा भएको भए अझै गरिब तल्ला वर्गका ब्यत्तिहरुलाई पनि राहात हुने शिविरमा आखाँ चेक जाँच गराउन आएका स्थानीयको भनाई छ ।

प्रतिक्रिया