मुगुमा ९ वर्षीया बालीका मृत अवस्थामा फेला

मुगु । जिल्लाको उत्तरी सोरु गाउँपालिका– ९ की एक बालीका मृत अवस्थामा फेला परेकी छन् । शनिबारदेखि हराएकी भनिएकी बालिका तीन दिनपछि मुगु कर्णालीमा मृत अवस्थामा फेला परेकी हुन् । ९ वर्षीया बालीका लक्ष्मी चौलागाँइ शनिबारदेखि सोही गाँउपालिका—८ तारापानीबाट हराएको उनका परिवारले जानकारी प्रहरीलाई दिएका थिए ।

प्रहरी र स्थानियले खोजतलास गर्दा कतै फेला नपरेकी बालीकालाई सोमबार माछा मार्न गएका स्थानियले सोही गाँउपालिका—८ मुगु कर्णालीको घाट भन्ने स्थानमा मृत अबस्थामा देखेर पैहरीलाई खबर गरेका थिए । सोरु गाँउपालिका—९ कालै स्थाई ठेगान भएकी चौलागाँईको घरपरिवार केही समयदेखि सोही गाँउपालिका—८ तारापानीमा बस्दै आएका छन् ।

शनिबार तारापानीको घर नजिकै खेलिरहेकी बालीका शनिबारदेखि हराएपछि स्थानिय र प्रहरीले खोजतलास गर्दा बालिकाको घर देखि ५ सय मिटर टाढा मुगु कर्णाली नदिमा माछा मार्न गएका स्थानियहरुले बालिकाको लाश मुगु कर्णालीको नदि बिच भागको ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको सोरु गाँउपालिका—८ का दानबहादुर शाहीले बताए ।

शव भेटिएको स्थानभन्दा केहि मिटर माथि आधा खाएको चाउचाँउका प्याकेट र सिंगो अर्को प्याकेटसमेत भेटिएको छ । उक्त स्थानको प्रकृति हेर्दा बालिकालाई कसैले ललाई फकाई गर्दै घरबाट टाढा लगी कुनै अनैतिक प्रयास गरी हत्या गरेर नदीमा फालेको हुन सक्ने बालिकाका दाई नाता पर्ने धर्मराज शाहीले आशंका गरेका छन् ।

लाश फेला पारेको स्थानभन्दा केही मिटर यता भेटिएका चाउचाउका प्याकेटबाट प्रारम्भिक अनुसन्धान गर्दा तारापानी सिप बजारमा दुई जनामात्र चाउचाउ व्यापारी भएको र शनिबार साँझ बालिकाको घर नजिकै घर भएका एक छिमेकीले चाउचाउ लिएको खुल्न आएको छ ।

उक्त घटनाको शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला कार्यालयका प्रहरी निरिक्षक नरेश बिकले जानकारी दिए । प्रहरी निरिक्षक बिकका अनुसार प्रहरीले नियन्त्रणमा लिएको युवाले आफू शनिबार मादक पदार्थ सेवन गरेको, त्यो दिन ती बालिकालाई आफुले बहिनी सम्झेर चाउचाउ दिन खोज्दा आपूुलाई जँड्या भनेर जिस्क्रयाएपछि हातले हान्न खोज्दा बालिका दौडिएपछि लडेर नदिमा परेको तर आफूले कुनै अनैतिक प्रयास नगरेको ति युवाले प्रहरीलाई बयान दिएको बताइएको छ ।

थप अनुसन्धानका लागि युवकलाई प्रहरी हिरासतमा राखिएको छ । थप अनुसन्धान र पोष्ट मार्टम रिर्पोट आएपछि मात्र बालिकाको लाश कसरी मुगु कर्णाली नदीमा फेला परेको र बालिकाको हत्या वा अरु कारण केहो भन्ने बारे अनुसन्धानपछि मात्र थप जानकारी आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्टराईले बताए ।

प्रतिक्रिया