पाकिस्तानलाई प्रतिस्पर्धात्मक लक्ष्य

कराँची । मध्यक्रमका ब्याट्सम्यान रास्सी भान डर डुसेनको शतकको सहयोगमा घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा पाकिस्तानलाई २ सय ७४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सुपरस्पोर्ट्स पार्क सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७३ रन बनायो । दक्षिण अफ्रिका रास्सी भान डर डुसेनले १ सय ३४ बलमा १० चौका र २ छक्का सहित १ सय २३ रनको उत्कृष्ट शतकीय इनिङ खेले । उनले १ सय २३ बलमा आफ्नो ओडिआई करिअरको पहिलो शतक प्रहार गरेका थिए ।

त्यस्तै डेविड मिलर ५६ बलमा ५ चौका सहित ५० रनमा आउट भए । पाँचौं विकेटका लागि मिलर र डुसेनले १ सय ३५ बलमा १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर एडेन माक्ररम १९, विकेटकिपर क्विन्टन डी कक २० र एन्डिेले फेहलुकवयो २९ रनमा आउट भए । कागिसो रबाडा १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे । पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी र हरिस रौफले २–२ विकेट लिए । फहिम अशरफ र मोहम्मद हसनैननले १–१ विकेट लिए ।

प्रतिक्रिया