स्वस्तिमाको ‘चिसो मान्छे’ सुटिङ सकियो

काठमाडौं । छोटो समयमा फिल्म सुटिङ सकाउन पारंगत मानिएका दीपेन्द्र के खनालले ‘चिसो मान्छे’को सुटिङ पनि निर्धारित समयभन्दा पहिला नै सकाएका छन् । उनले २७ दिन खिचेर फिल्मको सुटिङ सकाएको जानकारी गराएका छन् ।

काठमाडौंबाट खिच्दै बाजुरा पुगेको फिल्मले अमानवीय हुँदै गएको मानव समाजलाई कथामा प्रस्तुत गरेको छ । फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा रहेका छन् ।

सुटिङमा नजाँदै यो फिल्मले प्रदर्शन मिति तोकेको थियो । जसअनुसार यो फिल्म भदौ ११ मा प्रदर्शन हुनेछ । फिल्ममा दीपेन्द्र के खनालले तेहरो जिम्मेवारी निर्वाह गरेका छन् । दीपेन्द्रको अघिल्लो फिल्म ‘आमा’ झैं उनले निर्देशनसँगै लेखन र छायांकनको जिम्मेवारी पनि आफैंले लिएका छन् ।

प्रतिक्रिया