एमाले पार्टीभित्र समानान्तर गतिविधि

डा. डिआर उपाध्याय

अब एमालेले चमत्कार गरेर देखाउनुपर्छ । अहिले पार्टीभित्र जुन किसिमको गतिविधि भइरहेका छन् ती गतिविधिले कतै पुग्न सकिँदैन । गलत राजनीतिक बाटोले राजनीति जोगिँदैन । हरेक कार्यकर्ता पार्टीप्रति प्रतिबद्ध छन् । पार्टीप्रति उनीहरूको आस्था, विश्वास, जिन्दगी र भविष्य जोडिएको हुन्छ । जुन पार्टीमा आफ्नो लगानी, श्रम, संघर्ष र लगाव छ, त्यो पार्टी समाप्त र लथालिंग होस् भनेर कोही पनि सोच्दैन ।

अब जे भए पनि नेकपा एमाले भावनात्मक रूपमा मिलेर जानुपर्छ । फुटेर कुनै समूहलाई पनि फाइदा छैन । विगतका कमीकमजोरी सच्चाएर एमालेका नेताहरू मिलेर जाँदा नै लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुनुका साथै पार्टी पनि बलियो हुन्छ । अहिले नेकपाका नेताहरू सम्बन्ध विच्छेदको अवस्थामा होइन, सम्बन्ध बलियो बनाउने बाटोतर्फ अघि बढ्नुपर्छ । एमाले फुट्ने होइन, जुट्ने कसरतमा लाग्नुपर्छ । अहिले जुन किसिमल एमाले पार्टीभित्र समानान्तर गतिविधि चलिरहेका छन्, यो राम्रो कुरा होइन, यसले राम्रो सन्देश पनि दिँदैन । यो जुँगाको लडाइँ हो । अब केपी शर्मा ओली, माधव–झलनाथ र बामदेव मिलेर जानुपर्छ । यो समयको माग पनि हो । अब एकआपसमा झै झगडा गरेर बस्ने बेला होइन । अब एमालेले चमत्कार गरेर देखाउनुपर्छ । अहिले पार्टीभित्र जुन किसिमको गतिविधि भइरहेका छन् ती गतिविधिले कतै पुग्न सकिँदैन । गलत राजनीतिक बाटोले राजनीति जोगिँदैन । हरेक कार्यकर्ता पार्टीप्रति प्रतिबद्ध छन् । पार्टीप्रति उनीहरूको आस्था, विश्वास, जिन्दगी र भविष्य जोडिएको हुन्छ । जुन पार्टीमा आफ्नो लगानी, श्रम, संघर्ष र लगाव छ, त्यो पार्टी समाप्त र लथालिंग होस् भनेर कोही पनि सोच्दैन ।

एमालेलाई फुट हुनबाट जोगाउने हो भने पार्टीका तल्लो तहदेखिका कार्यकर्ताले नेतृत्वमाथि प्रश्न गर्ने हिम्मत गर्नुपर्छ । नेताहरूले गुटगत गतिविधिबाट टाढा रहेर एकताको वातावरण तयार गर्न भूमिका निर्वाह गर्नुपर्छ । अब एमालेका नेताहरूमा मन मिल्नुपर्छ । त्यसो भयो भने पार्टी बलियो बनेर जान्छ । कम्युनिस्ट नेताहरूले विचार, सिद्धान्त, दर्शन र कार्यक्रमलाई अघि बढाएर जानुपर्छ । अनि मात्र जनताको मन जित्न सजिलो हुन्छ । नीति र नेताबारे छिनोफानो गर्ने सर्वोच्च र सार्वभौम थलो भनेको महाधिवेशन हो । नेकपा एमालेले अहिले देखिएको विवाद समाधान गर्न महाधिवेशनमा जानुपर्छ । कोठे बैठक गुटगत भेला र आरोपप्रत्यारोपले पाटी चल्दैन । एमालेले उपलब्धिविहीन, निरर्थक र औचित्यहीन भेला बोलाएर मात्र हुँदैन निकासको बाटो पनि खोज्नुपर्छ । अब निकासको बाटो भनेको महाधिवेशनको दिशामा अग्रसर हुनु नै हो । सर्वोच्च अदालतको आदेशपछि एमालेले पुनर्जीवन पाएको छ । लामो समयपछि क्रियाशील भएको पार्टीलाई गति प्रदान गर्न जरुरी छ । माओवादी केन्द्र परित्याग गरेर जोखिम उठाएका नेताहरूलाई सम्मानजनक रूपले व्यवस्थापन गर्नुपर्छ । पार्टी भित्रका अन्तर्विरोध छिटो हल हुनुपर्छ । कुनै पनि पार्टी जीवन्त र क्रियाशील हुने माध्यम भनेको विधिको पालना नै हो । पार्टी विधि सम्मत, प्रक्रिया सम्मत र संस्थागत रूपले सञ्चालन भएमा मात्र पार्टीभित्रका अन्तरद्वन्द्व हल भएर जान्छन् । यो सबैले बुभ्mन जरुरी छ । एमालेका नेताहरू विधि, विचार र विधानको घेराभित्र बस्न सकेनन् । जसले गर्दा समस्या बल्झिएको हो । अब एमाले नेताहरूले आत्मसमीक्षा गर्ने बेला आएको छ ।

सांगठनिक रूपमा बलियो र व्यवस्थित एवं वैचारिक रूपमा सुदृढ पार्टी एमाले विभाजित हुनु हुँदैन । यदि पार्टी विभाजित भयो भने नेपाली कम्युनिस्ट आन्दोलन उठ्नै नसक्ने गरी पछारिनेछ । अब नेकपा एमालेले नयाँ शिराबाट छलफलको थालनी गर्नुपर्छ । सहमतिका आधारमा केन्द्रीय बैठक र एजेन्डाको तय गर्दै पार्टीभित्र देखिएको गतिरोध अन्त्य गर्नुपर्छ । कोठे बैठकले पार्टीलाई कमजोर बनाउँछ । नेताहरूले पूर्वाग्रह, इगो र बदलाको भावना छोड्नुपर्छ । पार्टी पुनर्गठन र पुनर्निर्माण अभियानमा जोडिनु नै सबैका लागि भलो हुनेछ । अब वामदेव गौतमले एमाले एकताका लागि मध्यस्थकर्ताको भूमिका खेल्नुपर्ने समय आएको छ । गौतम आँटिला र जोशिला नेता हुन् । विगतमा पार्टीभित्र उनको भूमिका महत्वपूर्ण रहँदै आएको छ । अहिले पनि उनी पार्टी एकताकै पक्षमा उभिएका छन् । त्यसैले पनि गौतमले एमाले मिलाएर लैजानुपर्ने परिस्थिति सिर्जना भएको छ । वामदेव गौतमको अगाडि ठूलो अवसर आएको छ । यो अवसरको सदुपयोग गर्ने वा नगर्ने त्यो उनकै हातमा छ । अब नेताहरू मिलेर राजनीतिक गतिरोध तोडी मुलुकलाई निकास दिनुपर्छ । राजनीति एउटा गतिका साथ अघि बढ्नुपर्छ । नेपाली जनताले देशको विकास र समृद्धि होस् भन्ने चाहेका छन् । यो जनताको चाहाना दलहरूले पूरा गरिदिनुपर्छ । हिजो चुनावमा जनतासँग गरेका वाचा–कबुल दलहरूले पूरा गरिदिन सक्दैनन् भने जनताले दलहरूलाई आगामी निर्वाचनमार्फत उचित फैसला गर्नेछन् । अहिले मुलुकमा विघटित प्रतिनिधिसभा पुनस्र्थापना भएको अवस्था छ । तैपनि संसद्ले उपयुक्त बिजनेसअनुसार काम गर्न सकिरहेका छैनन् । अहिले देशमा जुन किसिमका राजनीतिक गतिविधि भइरहेका छन् ती देखेर जनता निराश बन्न बाध्य छन् । जनतालाई निराश बन्न दिनु हँुदैन । जनता निराश भए भने देशमा समस्या उत्पन्न हुन सक्छ । यो कुरा दलहरूले राम्रोसँग बुभ्न जरुरी छ ।

नयाँ सरकार बन्ने हल्लासँगै मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ जाने हो कि भन्ने चिन्ता पनि बढदै गएको छ । मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लैजाने खेल कसैले खेल्नु हुँदैन । यस्ता खेलले कसैलाई फाइदा गर्दैन । राजनीतिक अस्थिरतासँगै आफ्नो स्वार्थपूर्ति गर्नेहरूको पनि यहाँ कुनै कमी छैन । सत्ता स्वार्थको राजनीतिले मुलुकलाई अघि बढाउन सक्दैन । त्यसैले पनि दलहरूले राजनीतिक अस्थिरताको अवस्था आउन दिनु हुँदैन । अहिले प्रधानमन्त्री ओलीलाई हटाएर समस्याको समाधान हुने अवस्था देखिँदैन । झन् समस्या बल्झिने देखिन्छ । त्यसैले निर्वाचनसम्म ओली सरकार नै हुनुपर्छ भन्ने हो । ओली पाँच वर्षका लागि जनादेश पाएका प्रधानमन्त्री हुन् । त्यसैले तत्काल सरकार परिवर्तन गर्नु हुँदैन । यो जनताले दिएको आदेश हो । प्रमुख प्रतिपक्षी कांग्रेसले पनि वैकल्पिक सरकारको नेतृत्व गर्न खोजेको छैन । कांग्रेसले चाहेर मात्र पनि सरकार बन्न सक्दैन । समस्या यो पनि छ । नेपाली कांग्रेसलाई सरकार गठनका लागि जनताले म्यान्डेट पनि दिएका छैनन् । सरकारलाई स्थिर बनाउने गरी सबै राजनीतिकदलहरू अघि बढेको खण्डमा राजनीतिले निकास पाउँछ भन्ने हो । संसद्को काम कारबाही पनि प्रभावकारी रूपमा अघि बढ्नुपर्छ । दलहरूबीच देखिएको विवादका कारण पनि संसद्को काम कारबाही प्रभावकारी हुन नसकेको हो । त्यसैले सबै दलहरू मिलेर अब राजनीतिक स्थिरता खोज्नुुपर्छ । राजनीतिक अस्थिरताले मुलुकको हित गर्दैन भन्ने कुरा बिगतले पुष्टि गरेको छ । राजनीतिक स्थिरता नै मुलुक र मुलुकवासीको हितमा हुनेछ । सत्तारूढ दलका असन्तुष्ट पक्ष तथा, प्रमुख प्रतिपक्षी कांग्रेस तथा अन्य सबै दलहरू पनि राजनीतिक अस्थिरताको खेलमा लाग्नु हुँदैन । राजनीतिलाई गलत दिशामा जान दिनु हुदैन । प्रधानमन्त्री ओलीले यसमा सबैभन्दा ठूलो भूमिका खेल्नु पर्छ । त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रह प्रधानमन्त्रीले राख्नु हँुदैन । राजनीतिक स्थिरताको वातावरण बनाउने सबैभन्दा ठूलो जिम्मेवारी प्रधानमन्त्री ओलीकै हो । हालको राजनीतिक संकटको कारक ओली, प्रचण्ड, माधव, झलनाथ लगायतका नेताहरू हुन् ।

प्रमुख दलका युवा नेताहरूले यत्रो राजनीतिक संकट आउँदा पनि समस्या समाधानका लागि कुनै भूमिका खेल्न सकेनन् । हाल उत्पन्न राजनीतिक तरलताले जनतामा अन्योल सिर्जना गरेको छ । राजनीतिक स्थिरताका लागि जनताले दिएको म्यान्डेट माथि कुठाराघात भएको छ । अहिलेको राजनीतिक गतिविधिले परिवर्तन विरोधी शक्तिहरूलाई बल पुगेको छ । अब देश सत्ता समीकरणको गोलचक्करमा पुनः फस्ने निश्चित छ । देश पुरानो अवस्थामा फर्किएको छ । दल र तिनका नेताहरू समयमै नसच्चिए बर्बाद हुने निश्चित छ । अहिले हरेक दलभित्र गुट, उपगुटको राजनीति चलिरहेको छ । सत्ता स्वार्थको राजनीतिले देश अघि बढन सकेको छैन । नेताहरूमा राजनीतिक संस्कार छैन । राजनीतिक विसंगतिले देश माथि उठन सकेन । यस्तो अभ्यासले नेपाली समाज अघि बढन सक्दैन । अहिले कुनै पनिदलका नेताहरूसँग देश विकासको स्पस्ट भिजन देखिँदैन । नेताहरू सँग भ्रष्टाचार नियन्त्रण गर्ने कुनै कार्य योजना छैन । नेताहरू पद, पैसा र फाइदाको राजनीतिक खिचातानीमा व्यस्त छन् । सबैलाई मिलाउन सक्ने नेतृत्वको अभाव छ । देशमा सुशासन कायम हुन सकेको छैन । विधिको शासनमा देश चल्न सकेको छैन । आफ्नै दलभित्र नेताहरू मिल्न सक्दैनन् । यहाँ राजनीतिक संस्कारको कमी छ । हाम्रो देशका दलमा सिद्घान्त, निष्ठा, आदर्श, विचार र पद्घतिको कुनै वास्ता छैन ।

प्रतिक्रिया