टेलिकमको प्रतिसेयर ४० रुपैया लाभांस

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफ्ना लगानीकर्तालाई प्रति सेयर ४० रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ । वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट नगद लाभांश बाँड्न लागिएको कम्पनीले जानकारी दिएको छ । सो रकम सेयरधनीको हितग्राही खातामा जम्मा गर्ने उल्लेख छ ।

प्रतिक्रिया