म्यानमारमा प्रदर्शनकारीमाथि कडा दमन

काठमाडौं । म्यानमारमा सैन्य सरकारले प्रदर्शनकारीमाथि कडा दमन गरिरहेको छ । शनिबार भएको प्रदर्शनमा ठूलो संख्यामा हताहती भएको छ । सीएनएनका अनुसार शनिवारको प्रदर्शनमा मात्रै कम्तिमा ५० जनाको ज्यान गएको छ । शनिवार म्यानमारको साङगिङ क्षेत्रको तान्त्से शहरमा हजारौँको संख्यामा प्रदर्शनकारीहरु सडकमा निस्किएका छन्।

त्यसैगरी म्यानमारको दोस्रो शहर मण्डालेमा पनि व्यापक प्रदर्शन भएको छ । गत फेब्रुअरी १ मा म्यानमारको निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता हातमा लिएपछि त्यसको विरोधमा निरन्तर प्रदर्शन भइरहेको छ । सैन्य कु विरुद्धको प्रदर्शनमा हालसम्म ३५० भन्दा धेरैको मृत्यु भइसकेको छ।

प्रतिक्रिया