रंग‍-विविध

मयुर आसनमा उपाध्यायको विश्व कीर्तिमान

सौर्य अनलाइन २०७७ चैत १२ गते ११:५७ मा प्रकाशित

काठमाडौं । मयुर आसनमा ४ मिनेट १७ सेकेन्ड बसेर स्याङ्जाका परशुराम उपाध्ययद्वारा विश्व कीर्तिमान कायम गरिएको छ । सन २०१८ नोभेम्बरमा भारतका विजेस इलिकात्य परमविलले ३ मिनेट ५ सेकेन्डको विश्व कीर्तिमान बनाएका थिए । उक्त रेकर्ड लाई स्याङ्जा हरिनाथ गाँउपालिका १ का ४५ वर्षिय उपाध्यले पुनः विश्व कीर्तिमान व्रेक गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि इन्टरनेशनल मिडिया हवका संचालक सुशील पोख्रेल रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता फोटो पत्रकार महासंघका उपाध्यक्ष सागर श्रेष्ठ फ्याल्यास टेनिस एकेडेमी संचालक तथा अन्तर्राष्ट्रिय रेफ्ररी श्रवण कुमार कार्की रेफ्री रक्षकुमार राई योग गुरु यतिराज भट्टराई लगाएततको उपस्थिति रहेको थियोे ।

कार्यक्रम वल्र्ड रेकर्ड फाउन्डेसन नेपालले डाइनिङ पार्क बानेश्वरमा आयोजना गरेको हो । वल्र्ड रेकर्ड फाउन्डेसनका अध्यक्ष चित्रकुमार कार्कीले आगामी दिनमा पनि नयाँ नयाँ प्रतिभालाई प्रोत्साहान गर्ने बताएका छन् । कार्कीले लुकेर बसेका कलालाई विश्व सामु पुर्‍याउन फाउन्डेसन सदैब तयारी अवस्थामा रहेको जनाए । कार्कीले भने यो विश्व कीर्तिमानले पनि विश्वका मान्छेलाई नयाँ संदेश दिने अध्यक्ष कार्कीको भनाइ छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय