अब अर्ली इलेक्सन

शेरबहादुर तामाङ

नवौँ महाधिवेशनमा ओलीले जित्नुभयो । तर, त्यो महाधिवेशनलाई हामी गुटबन्दीको पराकाष्ठाका रूपमा बुझ्छौँ । किनभने, हामी कार्यकर्ताले मतपत्र गुटका आधारमा पाएका थियौँ । माथि केपी ओली, त्यसको मुनि केपी ओलीको प्यानलको नामावली । माथि माधव नेपाल त्यसको मुनि माधव नेपालको प्यानलको नामावली । बरु कार्यकर्ता विवेकी भएकाले क्रस भोटिङ गरे, जसले गर्दा अध्यक्षमा केपी ओलीले जित्नुभयो भने पदाधिकारीमा माधव नेपाल प्यानलकाले धेरै जिते ।

केपी ओली बहुमतको प्रधानमन्त्री नै हुनुहुन्छ । अहिले उहाँले विश्वासको मत लिने वा राजीनामा गरेर हिँड्ने कुरा हुँदैन । माओवादीले समर्थन फिर्ता लियो भने ठूलो दलको हैसियतले सरकारको प्रमुख केपी ओली हुनुहुन्छ । त्यस अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यो ३० दिनभित्र बहुमत आएन भने संविधानको धारा २०७६ (२) अनुसार सरकार नबनेपछि उपधारा (४) अनुसार पनि बन्दैन । त्यो स्थितिमा अर्ली निर्वाचनबाहेक अर्को विकल्प हुँदैन ।

अदालतले त संसद् पुनःस्थापना गरिदिएको छ । त्यसकारण माओवादीले समर्थन फिर्ता लिनु भनेको अर्ली इलेक्सनमा जाने स्थिति हो । त्यो स्थिति नहोस् भनेर हामीले पनि खोजिरहेकै छौँ । होइन, केपी ओलीलाई दबाब र प्रेसर नै दिएर राजीनामा नै गर्नुप¥यो भने उहाँले राजीनामा गर्नासाथ मुलुक निर्वाचनमा गयो । अहिलेको संसद्भित्रको बनावटले मुलुक निर्वाचनमै जाने देखिन्छ । किनभने अर्को सरकार गठन हुँदैन । कि केपी ओलीले संविधानको धारा ७६ को (३) अनुसार ठूलो दलको हैसियतले सरकारलाई समर्थन पायो भने त्यसपछि जसरी पनि एक वर्ष जान्छ । त्यसपछि अर्को वर्ष चुनाव नै हुन्छ, अविश्वासको प्रस्ताव राख्ने कुरै हँुदैन । यो कारणले जसरी पनि केपी ओली नेतृत्वको सरकार दुई वर्ष रह्यो । यदि रहेन भने अर्ली इलेक्सन नै हो । अर्को कुरा आजै इलेक्सनमा गयो भने पनि एमालेले बहुमत ल्याउँछ, अझै दुई वर्षपछि निर्वाचन भयो भने त अझ बढी बहुमतसहित एमाले आउँछ ।

केपी ओलीको नेतृत्वमा रहेको सरकार अबको दुई वर्ष चल्ने र त्यसपछि चुनावमा जानु नै छ । यसरी मानेर कोही आउन तयार छ भने हामीले वार्ता पनि गरेकै छौँ, ढोका पनि खुल्ला नै गरेका छौँ । यद्यपि माओवादी केन्द्रभित्र ठूलो द्वन्द्व छ । बरु यस्तो अवस्थामा सरकारमा सहभागी बनौँ । त्यसो गर्दा प्रदेशहरूमा पनि हामी सरकारमै हुन्छाँै भन्ने भएकाले अहिले नै समर्थन फिर्ता लिनुहुँदैन भन्ने मत बलियो छ । योे बुझेर उहाँहरूले समर्थन फिर्ता लिन सक्नुभएको छैन ।

यसैगरी एमालेमा योगदान सबैको छ । कुनैबेला मदन भण्डारीलाई दासढुंगामा खसालेपछि ओहो ! एमाले सकियो भन्ने हामीलाई लाग्थ्यो । हाम्रा आदरणीय, जनप्रिय, जनताका नेता हुनुहुन्थ्यो । मदनसँगै पार्टी पनि दासढुंगामा खस्यो कि भन्ने डर पनि लागेको थियो । तर, हामी शोकलाई शक्तिमा बदल्न यसरी लाग्यौँ र पार्टीलाई जस्ताको तस्तै बनायौँ । मनमोहन अधिकारी जस्तो स्वच्छ व्यक्ति पनि हुनुहुन्थ्यो । उहाँको निधनपछि हामी त टुहुरो हुन्छौँ भन्ने लागेको थियो । तर, पार्टीलाई बचाएरै राख्यौँ । हो, व्यक्तिहरू आउँछन् जान्छन् । कुनैबेला सिपी मैनालीले पनि ठूलो योगदान पु¥याएको हो । सुरुमा माले कालको नेतृत्व गरेको नै सिपी मैनालीले हो । आज उहाँ यो पार्टीमा नभए पनि पार्टी त छ । इतिहासको कुनै कालखण्डमा कुनै नेता र नेतृत्वले योगदान पु¥याएको हुन्छ । तर, त्यसको अगुवाइ गरेर जो बस्छ, उसले स्थान पाइरहेको हुन्छ । कसैले म रहन्न भन्छ भने अर्कोले स्थान लिन्छ । त्यसकारण यो अविच्छिन्न रहन्छ ।

मूलतः माले हँुदै एमाले भएर आउने बेलासम्म भूमिगत कालमा पनि दुई धार नै थियो । हामी ०३९ सालको विवाद भन्थ्याँै । त्यसबेला ‘पार्टी स्वतन्त्रता’को पक्षमा उभिने एउटा पंक्ति र ‘राजनीतिक स्वतन्त्रता’का पक्षमा उभिने अर्को पंक्ति थियो । पार्टीका महासचिव सिपी मैनाली पार्टी स्वतन्त्रताको पक्षमा उभिनुभएको थियो भने पार्टीको बहुमत पक्ष राजनीतिक स्वतन्त्रताको पक्षमा उभिएको थियो । सोही विवादका कारण सिपी मैनाली महासचिवबाट अपदस्थ हुनुपरेको थियो । त्यो स्थिति अघि बढ्दै गयो । यद्यपि हामी ०४७ सालको आन्दोलनमा सहभागी भयौँ ।

जब हामी पाँचौँ राष्ट्रिय महाधिवेशन गर्ने अवस्थामा आइपुग्यौँ, त्यतिबेलै जनताको बहुदलीय जनवादको पक्षमा मदन भण्डारीले आफूलाई उभ्याउनुभयो, त्यसको पक्षमा आमकार्यकर्ता पनि उभिए । उता सिपी मैनाली नौलो जनवादको पक्षमा उभिने अवस्था रह्यो । यी दुईबीच त्यहाँ पनि दुई धार बन्यो । पछि पात्र फेरिँदै गए । मदन भण्डारीको अवसानपछि नेकपा एमालेभित्र माधवकुमार नेपाल ‘राइज’ हुनुभयो र उहाँले नेतृत्व गर्नुभयो । त्यसपछाडि पार्टीभित्रको आन्तरिक जीवनमा सिद्धान्तमा जनताको बहुदलीय जनवाद नै भन्यौँ । तर, कतिपय हेर्ने दृष्टिकोण र राष्ट्रिय अन्तर्राष्ट्रिय सवालमा पार्टीभित्र फेरि समस्या पैदा भयो ।

०५४ सालमा एकातिर माधवकुमार नेपाल, केपी ओलीहरू उभिनुभयो भने अर्कोतिर वामदेव गौतम, सिपी मैनाली, राधाकृष्ण मैनालीहरू उभिनुभयो । त्यतिबेलाको दुई धारले अन्ततः त्यत्रो सानदार ढंगले स्थानीय चुनाव जितेको नेकपा एमाले केही समयमै फुट्न पुग्यो । फुटेको झण्डै चार वर्षपछि ०५८ सालमा पुनः एकीकरण भयो । एकीकरणपछि पनि केपी र माधव नेपालका बीचमा दुई धार जन्मिसकेको रहेछ । साताँै राष्ट्रिय महाधिवेशनमा माधवकुमार नेपाल बलियो हुनुहुन्थ्यो, बहुमतमा हुनुहुन्थ्यो । त्यही भएर सर्वसम्मत हुने स्थिति बन्यो । त्यति हुँदाहुँदै पनि पार्टीभित्र सुषुप्त ढंगको दुई धार बसि नै रह्यो । जब आठौँ राष्ट्रिय महाधिवेशन हुने स्थिति बन्यो, त्यो ०६४ सालको निर्वाचनका बेला माधव नेपालले आफूलाई नैतिकताका आधारमा राजीनामा गर्नुभयो । त्यसपछि आठौँ महाधिवेशनमा पार्टीको कार्यवाहक महासचिव भर्खर भएको मान्छे पार्टी अध्यक्ष उठ्ने स्थिति बन्यो । त्यसबेला केपी ओलीले पनि आफूलाई अध्यक्षका रूपमा प्रस्तुत गर्नुभयो ।

माधव नेपाल लामो समय जसले करिब १५ वर्ष पार्टीको फस्ट मेन भएर काम गर्नुभयो । त्यहीँनेर उहाँले मैले समय नआउँदै राजीनामा दिएछु कि क्या हो ? भन्नेखालको मनोभावना जन्मियो । त्यो मनोभावनाको बीचमा पार्टी महाधिवेशनमा उहाँले केपी ओली र झलनाथ झगडा गर्न थाले । त्यसो हुँदा बरु सर्वसम्मत नेतृत्व बनाउनुपर्छ भनेर थोरै एक्सरसाइज गर्नुभयो तर त्यो फेल खायो । त्यसपछि झलनाथ खनाल र केपी ओलीबीचमा निर्वाचन भयो । झलनाथ खनालले निर्वाचन जित्नुभयो । नेताहरू अहिले गाली गर्छन्, आक्षेप लगाउँछन् । तर, त्यतिबेला आठौँ राष्ट्रिय महाधिवेशनमा हिजो नेकपा एमालेमा माधव नेपालसँग सहमत हुने धेरै मानिसलाई उहाँले केपी ओलीको ब्यानरमा चुनाव लडाउनुभयो । भोटसमेत पनि केपी ओलीलाई नै हाल्न लगाउनुभयो । यद्यपि झलनाथ खनालले जित्नुभयो त्यसबेला । त्यसपछि पनि पार्टीभित्र दुई धार जीवितै देखियो । त्यो दुई धार रहेकै बेला नवौँ राष्ट्रिय महाधिवेशनमा झलनाथ खनालले अब म अध्यक्ष बन्दिनँ भन्नुभयो । त्यसपछि केपी ओली र माधव नेपालबीच प्रतिस्पर्धा हुने स्थिति भयो । माधव नेपाललाई के लागेको हुन सक्छ भने लामोसमय मैले यो पार्टीको नेतृत्व गरेको हो, मै अब पार्टी अध्यक्ष बन्छु भन्ने लाग्यो । तर, केपी ओली अध्यक्ष बन्नुभयो । केपी ओली लामो समय पेलिएर, हेपिएर बसेको जस्तो स्थिति हुँदाहुँदै पनि पार्टीको पक्षमा ठिंग उभिएर काम गरेका कारणले नवौँ महाधिवेशनमा ओलीले जित्नुभयो । तर, त्यो महाधिवेशनलाई हामी गुटबन्दीको पराकाष्ठाका रूपमा बुझ्छौँ । किनभने, हामी कार्यकर्ताले मतपत्र गुटका आधारमा पाएका थियौँ ।

माथि केपी ओली, त्यसको मुनि केपी ओलीको प्यानलको नामावली । माथि माधव नेपाल त्यसको मुनि माधव नेपालको प्यानलको नामावली । बरु कार्यकर्ता विवेकी भएकाले क्रस भोटिङ गरे, जसले गर्दा अध्यक्षमा केपी ओलीले जित्नुभयो भने पदाधिकारीमा माधव नेपाल प्यानलकाले धेरै जिते । त्यसपछि माधव नेपाललाई लागेको हुन सक्छ कि पार्टी सत्ता अब मेरो हातबाट गुम्यो, जसले एमालेभित्र प्रष्ट रूपमा दुई धार जीवितै रहन पुग्यो । पार्टी एउटा एमाले भयो तर धार हेर्दा पार्टी नै दुईवटा जस्तो भयो ।

यो विश्व कम्युनिस्ट आन्दोलनकै रोग हो । सिद्धान्तमा, दृष्टिकोणमा माथि टाउकोमा विश्वका मजदुर एक हौँ भनेर नारा लेखिन्छ । तर, तल हामी एक हुनै सक्दैनौँ । सिद्धान्त र दृष्टिकोण भनेको पछि लेपन लगाउने हो । तपाईंले भनेको सत्य हो, व्यक्ति व्यक्तिको बीचमा टकराव हुन्छ । त्यो टकरावले सँगै बस्न नसक्ने भएपछि सिद्धान्तको लेपन लगाइन्छ । ठ्याक्कै भएको त्यही हो । तपाईंले एमालेभित्रको सिनारियोमा जब दुईवटा धार देखियो त्यो धार मात्रै होइन, अलग पार्टीजस्तो देखियो । मदन भण्डारीले जनताको बहुदलीय जनवाद बनाइरहँदा यही कुरा देखेर सही व्यवस्थापन पार्टीभित्र निर्वाचन हुन्छ, जसबाट श्रेष्ठता हासिल गरेर चुन्ने चुनिने अधिकार स्थापित हुन्छ भन्ने दृष्टिकोणमा हामी स्थापित हुँदै आएका थियौँ । तर, नवौँ महाधिवेशनपछि त्यसलाई मिक्सअप गर्नै सकेनौँ, जसको चरम रूप अहिले देखिएको हो ।
(पूर्व कानुनमन्त्री ताममाङसँग कुराकानीमा आधारित)

प्रतिक्रिया