सुनचाँदी ब्यवसायी महासंघ र एनबि बैक सम्झौता

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश (एनवि) बैंक वीच मंगलबार बैंकिङ साझेदारी सम्वन्धी सँझौता भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य र नेपाल बंगलादेश बैंककी डेपुटी जनरल म्यानेजर सलोनिका सिंहले बिशेष समारोहका वीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

महासंघ र बैंकवीच भएको सम्झौता अनुरुप अवदेखि महासंघ अन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध ब्यवसायी तथा एशोसिएट्स सदस्यले बंैकको क्युआर कोड प्रयोग गरी कारोबार गर्न पाउने छन् । यसले सुनचाँदीको कारोबार गर्दा नगदमा नै गर्नुपर्ने झन्झटको अन्त्य गरेको महासंघका अध्यक्ष शाक्यले बताए । सम्झौतापछि महासंघका आवद्ध ब्यवसायीले बैंक मार्फत उपलब्ध हुने विभिन्न किसिमका बैंकिङ सेवा सरल र सहुलियतपूर्ण रुपमा प्रयोगगर्न पाउने बताएको पनि उनले बताए ।

दुई संस्था वीचको सहमतिपश्चात महिला, दलित, विपन्न, अल्पसंख्यक लगायतका वर्गका लागि पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकले सहयोग गर्ने छ । यस वाहेक बैंकले उपलब्ध गराउने सवैखालमा बैंकिङ सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउने बैंकले जनाएको छ ।

पछिल्लो समय केन्द्रीय बैंकले समेत डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गर्दै आएको छ । सोही नीति अनुरुप महासंघले बैंकसँग बैंकिङ सहकर्यको सम्झौतामा हस्ताक्षर गरेको हो । महासंघले आवश्यकता अनुसार अन्य बैंक तथा वित्तिय संस्थासँग समेत यस किसिमको सम्झौता गदै जाने जनाएको छ ।

प्रतिक्रिया